Home / Feature Breaking news / जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

जीप दुर्घटनामा एकको मृत्यु, चार घाइते

दाङ,१ साउन । दाङमा जीप दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ३ मसोट खोलामा रा १ च ९६२ नम्बरको जीप अनियन्त्रित भई भित्तामा ठोक्किदा दुर्घटना भएको हो ।

कपिलबस्तुको कृष्णनगरबाट तुलसीपुर जाँदै गरेको जीप दुर्घटनामा पर्दा जीपमा सवार पाँच जना घाइत भएका थिए् । दुर्घटनामा घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१५ निवासी १६ वर्षीय पदम वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन् । घाइते वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

दुर्घटनामा जीप चालक ३८ वर्षीय भीमबहादुर वली, २६ बर्षीय देवराज वली, १७ बर्षीय विशाल वली र २४ बर्षीय गोपाल श्रेष्ठ घाइते भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । उनीहरुको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*