Home / समाचार / भूमि आयोगको कार्यालय उद्घाटन

भूमि आयोगको कार्यालय उद्घाटन

दाङ, ७ भदौ । भूमि आयोग दाङको कार्यालय सोमवार जिल्ला समन्वय समितिमा उद्घाटन गरिएको छ । सरकारले केन्द्रीय भूमि आयोग गठन गरेको केही महिनापछि मात्रै दाङ जिल्लामा भूमि आयोगका पदाधिकारीहरुलाई नियुक्त गरेपछि आयोगको कार्यालय उद्घाटन पनि केही ढिलो भएको बताइएको छ ।

नवनियुक्त भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भूमि व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताएका छन् । ‘लालपुर्जा दिनुमात्रैमा आयोग सीमित रहनुहुँदैन, धेरै सरकारी ऐलानी जग्गाहरुको संरक्षण गर्नु पनि आयोगको दायित्व हो’, प्रमुख अतिथि शर्माले भने ।

प्रमुख अतिथि शर्माले यसअघिका आयोगहरुले गरेका कामहरु निरर्थक भएको भन्दै अहिले बनेको आयोगले अर्थपूर्ण काम गर्नुपर्ने पनि बताए । आयोगका काममा आफूले जिल्लामा सबै निकायसँग आवश्यक सहजीकरण र समन्वय गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*