Home / Feature Breaking news / तुलसीपुर उपमहानगरपालिकाद्धारा अर्व बढि बजेट विनियोजन (हेर्नुस् पूर्ण पाठ)

तुलसीपुर उपमहानगरपालिकाद्धारा अर्व बढि बजेट विनियोजन (हेर्नुस् पूर्ण पाठ)

 

दाङ, १२ भदौ
तुलसीपुर उपमहानगरपालिकाले आज सोमवार १ अर्व बढिको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ कालागि उपमहानगरपालिकाले १ अर्व बढि बजेट विनियोजन गरेको हो ।

यस्तो छ सोमवार उपमहानगरपालिकाको बजेट मन्तव्यको पूर्ण पाठः

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

सदियौदेखि नेपाल एक स्वाधिन र सार्वभौमसत्ता सम्पन्न मुलुकको रुपमा रही आएको छ । हाम्रो वर्तमान जटिल एवम् चुनौतीपुर्ण भएता पनि विगत संघर्ष र गौरवपूर्ण रहेको छ र हाम्रो भविष्य उज्ज्वल र असीम सम्भावनायुक्त रहेको छ । छोटो समयमा नै हामीले राजनैतिक क्षेत्रमा धेरै फड्को मारेका छौ । नेपाली जनताको लामो समयदेखिको संघर्ष र तपस्याले संविधान घोषणा भएर कार्यान्वयनमा आएपछि लामो समयसम्मको संक्रमणकाल अन्त्य भएर मुलुक राजनीतिक स्थिरताको दिशामा उन्मुख भएको छ । स्थानीय तहको निर्वाचन भई स्थानीय शासन र विकास निर्माणमा प्रत्येक नागरिक आफै संलग्न हुने वातावरण बनेको छ ।
राजनीतिक प्रणालीप्रति मर्दै गएको जनताको भरोसा फेरि एकपटक पुर्नजीवित भएको छ । राजनीतिक परिवर्तन पश्चात अब आर्थिक र सामाजिक परिवर्तनको यात्रामा हामी अगाडि वढ्ने वेला भएको छ । आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र निर्माण गर्न स्वस्थ प्रतिस्पर्धात्मक अर्थ व्यवस्था हाम्रो प्रस्थान विन्दु हो, समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो गन्तव्य हो । नेपाललाई परिवर्तनको मार्गमा पदार्पण गराउन आफ्नो अमुल्य योगदान दिने सम्पूृर्ण ज्ञात अज्ञात सहिदहरुप्रति सम्मान प्रकट गर्न चाहन्छु ।
तुलसीपुर उपमहानगरपालिका आफैमा विविध सम्भावनाको चाङमा उभिएको उपमहानगर हो । यसलाई उचित नेतृत्व दिन सकियो भने पक्कै पनि यसले छोटो समयमै विकासको काँचुली फेर्न सक्छ । हाम्रो विकासको महान यात्रामा हामी एक्लैले मात्रै भन्दा पनि विभिन्न क्षेत्र, पेसा र व्यवसायमा आवद्ध आम नागरिकको सहकार्यले मात्रै हामीलाई अगाडि वढ्ने आधार तय गरिदिनेछ । मलाई विश्वास छ , विकास, समृद्धि र समुन्नतिको गतिशिल यात्रामा पक्कै पनि हामीले यहाँका जनतालाई फरक अनुभुति हुने गरी काम गर्नेछौ । जनताको विकास र समृद्धिप्रतिको उच्च चाहनालाई मुर्तरुप दिनका लागि “हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर ” बनाउने आ.व. २०७४÷७५ को नीति तथा कार्यक्रमहरुको लागि विनियोजित बजेटको विवरण यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आदरणीय सभासदज्यूहरु,
सर्वप्रथम, म यहाँहरु समक्ष तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७३÷७४ मा प्रस्तावित र यथार्थ आम्दानी तथा खर्च विवरण प्रस्तुत गर्न चाहन्छु ।
गत आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न विषयहरुमा रु २१,८७,६०,००० (अक्षरुपी एक्काइस करोड सतासी लाख साठी हजार) आम्दानी हुने प्रस्ताव गरिएकोमा खुद आम्दानी रु ३२,४१,४७,०७६.५५ ( अक्षरुपी वत्तिस करोड, एकचालिस लाख, सरचालिस हजार छयत्तर रुपैया पचपन्न पैसा) भएको छ । यो आम्दानी वढ्नुमा साविकका गाउँ विकास समितिहरु यस तुलसीपुर उपमहानगरपालिकामा गाँभिदा सो गाविसहरुमा भएको अनुदान र आन्तरिक आम्दानीलाई समेत समावेश गरिएको छ । साथै उपमहानगरपालिका घोषणा हँुदा नेपाल सरकारबाट प्राप्त संघीय संरचना,पुर्वाधार विकास, पँुजिगत र चालु कार्यक्रमका लागि प्राप्त भएको रु १,००,००,००० (अक्षरुपी एक करोड) पनि यसैमा समावेश भएको छ ।
यसैगरी गत आर्थिक वर्षमा विभिन्न योजना, चालु र पुँजिगत शीर्षकमा रु २१,८७,६०,००० (अक्षरुपी एक्काइस करोड, सतासी लाख, साठी हजार) खर्च हुने अनुमान गरिएकोमा रु ३१,३५,४८,३१० (अक्षरुपी एकतिस करोड, पैतिस लाख, अठचालिस हजार तीन सय दश) खुद खर्च भई रु १,०५,९८,७६६.५५ (अक्षरुपी एक करोड, पाँच लाख ,अन्ठानव्वे हजार, सात सय छैसठ्ठी रुपैया पचपन्न पैसा ) वचत रहेको छ । अनुमानित व्यय भन्दा वास्तविक व्यय वढ्नुमा तुलसीपुर उपमहानगरपालिकाका घोषणा हुदाँका साविकका गाविसहरुमा भएको योजना, चालु र पुँजिगत वजेट खर्च समेत समावेश भएको कुरा यो सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।
अब म यहाँहरु समक्ष आर्थिक वर्ष २०७४÷७५ को अनुमानित आय र खर्च विवरण प्रस्तुत गर्न चाहन्छु । यस आर्थिक वर्षमा आन्तरिक श्रोतबाट रु ६,५०,००,००० (अक्षरुपी छ करोड, पचास लाख) , मालपोत र अन्य शीर्षकमा २,५४,६१,६३०.३१ ( अक्षरुपी दुई करोड, चवन्न लाख, एकसठ्ठी हजार, छ सय तीस रुपैया एकतिस पैसा ) युनिसेफवाट अनुदान ३२,७५,००० ( अक्षरुपी वत्तिस लाख, पचहत्तर हजार ) सामाजिक सुरक्षा कार्यक्रमका लागि रु १८,००,००,००० ( अक्षरुपी अठार करोड ) वित्तीय समानीकरण अनुदान ५६,५४,१६,००० ( अक्षरुपी छपन्न करोड, चवन्न लाख, सोह्र हजार ) सशर्त अनुदान विषयगत रु २३,०३,२४,००० ( अक्षरुपी तेइस करोड, तीन लाख, चौविस हजार ) अन्य अनुदान रु ८६,११,००० ( अक्षरुपी छयासी लाख एघार हजार) गतवर्षको मौज्दात १,०५,९८,७६६.१९ ( अक्षरुपी एक करोड, पाँच लाख, अन्ठानव्वे हजार, सात सय छैसठ्ठी रुपैयाँ उन्नाईस पैसा ) र नगर विकास कोषको ऋण रु ९,००,००,००० ( अक्षरुपी नौ करोड) गरी जम्मा रु १,१७,८६,९६,३९७ ( अक्षरुपी एक अरव, सत्र करोड, छयासी लाख, छयानव्वे हजार, तीन सय सन्तानब्बे रुपैया) आय अनुमान गरिएको छ ।
यसैगरि आर्थिक वर्ष २०७४÷७५ मा चालु खर्च अन्तर्गत तलव, भत्ता, कार्यालय सञ्चालनका लागि रु ९,८१,६१,८८२ ( अक्षरुपी नौ करोड एकासी लाख, एकसठ्ठी हजार, आठ सय बयासी रुपैया) विनियोजन गरिएको छ भने पुँजिगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु १,०८,६५,३४,५६८ ( अक्षरुपी एक अरब, आठ करोड, पैसठ्ठी लाख, चौतिस हजार, पाँचसय अरसठ्ठी) विनियोजन गरिएको छ । गत आर्थिक वर्षको यथार्थ आम्दानी र यस वर्षको अनुमानित आय विवरण अनुसुची १ मा संलग्न गरिएको छ । त्यसैगरि गत आर्थिक वर्षको वास्तविक खर्च र यस वर्षको अनुमानित व्यय विवरण अनुसुची २ मा संलग्न गरिएको छ ।
आदरणीय नगरसभा सदस्यज्यूहरु ,
अव म यहाँहरु समक्ष यस तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाका तर्फबाट आर्थिक वर्ष २०७४÷७५ का लागि नगरसभाको पहिलो वैठकले पारित गरेको नीति तथा कार्यक्रम, दीगो विकासको लक्ष्य, नेपाल सरकारको विकास लक्ष्य प्राप्तीमा सहयोग पु¥याउन र नेपालको संविधानले अङ्गिकार गरेका मौलिक हक र नीति तथा कार्यक्रमहरु समावेश गरिएको “हाम्रो तुलसीपुर राम्रो तुलसीपुर” बनाउनका लागि निम्नानुसारको वजेट विनियोजन प्रस्तुत गर्न लागिरहेको छु ।

(१) तुलसीपुर उपमहानगरको समग्र विकासको मार्गचित्र तयार गर्न र दीर्घकालिन,आवधिक र अल्पकालिन रणनीतिक योजना निर्माण गर्नका लागि रु २५ लाख विनियोजन गरिएको छ ।

(२) खरका छाना भएका घरहरुलाई कम्तीमा टिनको छानायुक्त सुरक्षित घर बनाउन, गरिब, विपन्न,बाढी तथा प्राकृतिक विपतमा परेका परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित आवास, खाद्यान्न, लत्ता कपडा लगायतको व्यवस्था गर्नका लागि रु १ करोड विनियोजन गरिएको छ ।

(३) तुलसीपुर उपमहानगरमा महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथा लगायतका सम्पूर्ण गलत प्रचलन, तथा प्रवृत्तिको अन्त्य गरी लैङ्गिक समानता सहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ ।

(४) तुलसीपुरल उपमहानगरपालिका क्षेत्रभरि ‘क्लिन तुलसीपुर–ग्रिन तुलसीपुर’ को अवधारणालाई महा अभियानका रुपमा सवै वडामा विस्तार गरेर निरन्तरता दिइ ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ बनाउनका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

(५) तुलसीपुर उपमहानगरपालिकामा लगानी भित्र्याउनका लागि आवश्यक कार्ययोजना वनाउनका निम्ति रु १० लाख वजेट विनियोजन गरिएको छ ।

(६) यस बर्ष ‘तुलसीपुर घुम्न जाऔं ’ अभियानलाई सफल पार्न पर्यटन मेला, साँस्कृतिक महोत्सव, खेलकुद महोत्सव, विज्ञान प्रदर्शनी, साँस्कृतिक झाँकी प्रदर्शनी जस्ता आयोजना गर्न, “होमस्टे” सञ्चालन गर्न, पर्यटकीय सम्भावना वोकेका चमेरे गुफा, छिल्लीकोट,गौरीगाउँ ताल,सुइकोट, थर्कोट, मुलकोट, राप्ती शान्ती उद्यान, दंगिशरण दरबार,प्रेम पार्क, अश्वारा भ्यु टावर आदीको प्रचार प्रसार र पूर्वाधार विकासका लागि रु ५० लाख वजेट विनियोजन गरिएको छ ।

(७) ‘सबैका लागि शिक्षा–तुलसीपुरको सदिक्षा’ अभियान सञ्चालन गरेर गरिब, विपन्न, दलित, अल्पसङ्ख्यक समुदायका छात्राछात्रा र शारिरीक अपाङ्गता, बहिरा र सुस्त मनस्थिति भएका बालबालिका तथा विद्यार्थीलाई विशेष छात्रवृत्ति र शैक्षिक सुधारका कार्यक्रमका लागि रु २५ लाख विनियोजन गरिएको छ ।

(८) ‘वालअधिकार–स्थानीय सरकारको सरोकार’ भन्ने नीति लिई भविष्यका तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री उपमहानगरका रुपमा स्थापित गर्न रु १० लाख विनियोजन गरिएको छ ।

(९) ‘ज्येष्ठ नागरिकको सम्मान–तुलसीपुरको स्वाभिमान’ अभियानलाई सार्थकता दिन र ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मानस्वरुप एक जोडा कपडा उपलब्ध गराउनका लागि आन्तरिक श्रोतबाट रु १५ लाख रकम विनियोजन गरिएको छ भने ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ताका लागि रु १८ करोड विनियोजन गरिएको छ ।

१०) तुलसीपुर उपमहानगरपालिकामा बाहिरी र भित्री चक्रपथ निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

(११) ‘उज्यालो तुलसीपुर’ अभियान सञ्चालन गरी नगरका सबै नागरिकहरुमा बिजुली तथा वैकल्पिक उर्जाको पहुँचलाई बृद्धि र सडक वत्ती जडानका लागि रु ३६ लाख रकम विनियोजन गरिएको छ ।

(१२) ‘स्वस्थ नागरिक सम्पन्नताको आधार’ भन्ने नीतिलाई सार्थक तुल्याउन तुलसीपुरमा रक्त सञ्चार सेवा सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी दाङ्गलाई रु १० लाख, राप्ती अञ्चल अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्न रु ३० लाख, राप्ती अन्चल आँखा अस्पतालका लागि रु १० लाख , प्राथमिक स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनीकमा ल्याव सेवा सञ्चालनका निम्ती ३० लाख , आयुर्वेद अस्पतालका लागि रु १० लाख र अन्य जनस्वास्थ्य सम्वन्धि कार्य गर्न रु १० लाख गरी स्वास्थ्य सेवा तर्फ रु १ करोड विनीयोजन गरिएको छ ।

(१३) दाङको गौरवको रुपमा रहेको तुलसीपुर विमानस्थललाई यथाशिघ्र निरन्तर सञ्चालनका लागि इन्धन डिपो स्थापना र विमानस्थलको प्राविधिक क्षमता विकासका लागि रु ५० लाख विनियोजन गरिएको छ ।

(१४) ‘मेरो पनि बैंक खाता’ अभियान सञ्चालन गर्नका लागि रु २ लाख रकम विनियोजन गरिएको छ ।

(१५) ‘कृषिमा आधुनिकीकरण ः उत्पादन बृद्धि र वजारीकरण’ मा जोड दिनका लागि सिँचाई प्रणालीको विस्तार, कृषिको विशेष पकेट क्षेत्र निर्धारण, आधुनिक कृषि औचार खरीदमा अनुदान, व्यावसायिक कृषि उत्पादन र प्राङ्गारिक खेती प्रणाली अबलम्वनमा प्रोत्साहित गर्न र कृषि तथा पशुपालन कार्यक्रमका लागि रु २ करोड रकम विनियोजन गरिएको छ ।

(१६) ‘स्वच्छ पानी–स्वस्थ जिन्दगानी’ लाई मूर्तरुप दिन यस आर्थिक वर्षमा अश्वारा खानेपानी आयोजना विस्तारका लागि रु १५ लाख, तकियापुर खानेपानी आयोजना मर्मतका लागि १० लाख, मानपुर खानेपानी आयोजनाका लागि १५ लाख र अन्य सम्भाव्य खानेपानी आयोजना विस्तार र निर्माणका लागि ६० लाख गरेर खानेपानी तथा सरसफाई कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ ।

(१७) तुलसीपुर उपमहानगरपालिकाको भू उपभोग नीति वनाइ लागु गर्नका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

(१८) सुकुम्वासी, भूमिहिनलाई घरजग्गाको मालिक बनाउन र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउनका निम्ति आवश्यक तथ्याङ्क संकलन र कार्यक्रम वनाउन रु १० लाख रकम विनियोजन गरिएको छ ।

(१९) यस तुलसीपुर उपमहानगरपालिकामा सुनौला हजार दिन र मातृशिशु स्वास्थ्य सुरक्षा भत्ता (सुत्केरी भत्ता ) का लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

(२०) तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गर्न युवाहरुमा सीप र उद्यमशिलता प्रवद्र्धन गर्नका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

(२१) खेल मैदान निर्माण, मेयर कप खेलकुद प्रतियोगिता आयोजना, तुलसीपुर खेलकुद एकेडेमी स्थापना र खेलाडी तथा खेल क्षेत्रको प्रवद्र्धन गर्न रु ५० लाख थप रकम विनियोजन गरिएको छ ।

(२२) सुविधा सम्पन्न स्मार्ट सिटीको कार्ययोजना निर्माणका निम्ति २५ लाख रकम विनियोजन गरिएको छ ।

(२३) स्थानीय तहमा मेलमिलाप तथा कानुनी सचेतना र न्याय निरुपण गर्नका निम्ति रु ५ लाख विनियोजन गरिएको छ ।

(२४) ‘सुरक्षित शहर–सम्भावनाका अवसर’ को नीतिलाई कार्यान्वयनका लागि बजार क्षेत्रमा सिसी क्यामेरा जडान र समग्र तुलसीपुर उपमहानगरपालिकामा सुरक्षा सम्वन्धि कार्यक्रम सञ्चालन गर्न रु २५ लाख विनियोजन गरिएको छ ।

(२५) ‘सक्षम महिला–विकासमा पहिला’ अभियानका महिलाहरुको सशक्तिकरण, नेतृत्व विकास, उद्यमशिलता र सीप विकास गरी महिलाहरुलाई विकास तथा निर्णय, योजना निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहभागिता सुनिश्चित गर्नका लागि रु १५ लाख रकम विनियोजन गरिएको छ ।

(२६) “सुचना तथा सञ्चार – दिगो विकासका आधार” नीतिलाई कार्यान्वयन गर्न रु २५ लाखको विनियोजन गरिएको छ ।

(२७) तुलसीपुर उपमहानगरपालिकाको समग्र शिक्षाको विकास गर्न शिक्षक तलव तथा विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि रु १९ करोड, प्राविधिक तथा सीपमुलक शिक्षालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नका लागि रु ५० लाख, जनता क्याम्पस विजौरी र राप्ती बबई बहुमुखि क्याम्पस तुलसीपुरको शिक्षा सुधारका निम्ति रु ३० लाख, विद्यालय शिक्षक थप अनुदान १० लाख, प्राविधिक, कृषि, वन, पर्यटन,व्यवस्थापन, कानुन, चिकित्सा, वालीविज्ञान र पशुविज्ञान जस्ता विषयहरुमा अध्ययन, अध्यापन गराउनका लागि यसै वर्षदेखि तुलसीपुर मेट्रो कलेज स्थापना गर्न रु १ करोड, सामुदायिक पुस्तकालय, सामुदायिक सिकाइ केन्द्र एवम् तुलसीपुर अनुसन्धान केन्द्र स्थापनाका लागि रु ५० लाख र प्राविधिक शिक्षा तथा गरीब विपन्न र जेहेनदार छात्रवृत्तीका लागि रु १० लाख समेत गरी शिक्षा विकासमा २१ करोड ५० लाख विनियोजन गरिएको छ ।

(२८) तुलसीपुर क्षेत्रमा गौशाला,गुरुकुल र जडिबुटी उद्यान स्थापना गर्न रु ५० लाख वजेट विनियोजन गरिएको छ ।

(२९) तुलसीपुरको पहिचानलाई अन्य देशहरुमा चिनाउन तथा उनीहरुको अनुभवबाट सिकाईका लागि विदेशका नगरहरुसँग मितेरी÷भगिनी सम्बन्ध कायम गर्नका लागि रु १५ लाख वजेट विनियोजन गरिएको छ ।

(३०) तुलसीपुर उपमहानगरपालिकाका जनताहरुका लागि छिटो, छरितो, सुलभ तथा झन्झटमुक्त सेवा प्रवाह गर्न र “इ गभर्नेन्स’ कार्यक्रम लागु गर्न रु ५ लाख विनियोजन गरिएको छ ।

(३१) “भाषा र संस्कृतिको सम्मान ः लुकेका प्रतिभाको पहिचान” भन्ने नीतिलाई कार्यान्वयन गर्न तुलसीपुर उपमहानगरपालिका भित्रका साहित्यकार तथा कलाकारलाई प्रोत्साहित गर्नका लागि हरेक वर्ष कम्तीमा एक जनाको कृति प्रकाशन र सम्मान सहित सम्पुर्ण कला र साहित्य सम्वन्धि कार्यक्रम सञ्चालनका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ ।

(३२) “तुलसीपुरको पहिचान ः सबै जातजातिको सम्मान” को नीतिलाई कार्यान्वयन गर्ने कार्यक्रम र दलित, जनजाति तथा अल्पसंख्यक समुदायका परम्परागत पेसालाई आधुनिकीकरण गर्नका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

(३३) विजौरी –भोजपुर “तीन सपूत” मार्ग र ठुटी– हसनापुर “श्रीमणी मार्ग” निर्माणका लागि रु २५ लाख र द्वन्द्वपीडितहरुको पुर्नस्थापना,द्वन्द्वमा परि मृत्यु हुने अनन्त आचार्य, भिमसेन शाह र अन्य मृत्यु भएकाहरुको सम्झनामा कार्यक्रम गर्नका लागि समेत गरि रु १० लाख विनियोजन गरिएको छ ।

(३४) शारीरिक अपाङ्ग, सुस्त मनस्थिती तथा श्रवण क्षमता कम भएकाहरुलाई शिक्षा र सीप प्रदान गर्नका लागि अपाङ्ग शिक्षालय तथा तालिम केन्द्रको स्थापना लागि २५ लाख विनियोजन गरिएको छ ।

(३५) तुलसीपुर उपमहानगरपालिकाको विकासको समग्र मोडेल तयार गर्न र विस्तृत प्रोफाइल निर्माणका लागि रु १० लाख विनियोजन गरिएको छ ।

(३६) तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक वन, पारिवारीक निजी वन, धार्मिक वन र अन्य वनहरुमा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरी वन उद्यम विकास र हरित रोजगारी सृजना गर्न रु ५० लाख विनियोजन गरिएको छ ।

(३७) गाउँ वस्तीमा पानी भकारी (ताल, पोखरी, जलाशय) को विकास गर्न, पातुखोला, गुहारखोला र बबईमा हाइड्याम तथा बाँध निर्माणको सम्भाव्यता अध्ययन गर्न रु २५ लाख विनियोजन गरिएको छ ।

(३८) तुलसीपुर घोराही मोनोरेल सञ्चालन, विजौरी छिल्लीकोटमा केवुलकार सञ्चालन, तुलसीपुरमा वहुउद्देश्यीय तुलसी ट्रेड टावर निर्माण, रोटरी पार्किङ, अटो भिलेज निर्माण,कोट्टे डाँडामा आधुनिक खेल मैदान तथा शहरीकरण योजना र ढल प्रशोधन केन्द्रको सम्भाव्यता अध्ययनका लागि रु २५ लाख विनियोजन गरिएको छ ।

(३९) सार्वजनिक सेवा प्रदान गर्ने सरकारी तथा गैरसरकारी, निजी क्षेत्र, सहकारी र समुदायलाई मुस्कान सहितको सेवा प्रदान गर्न आधारभुत प्रशिक्षण गर्ने व्यवस्था मिलाउनका लागि रु ५ लाखको वजेट विनियोजन गरिएको छ ।

(४०) जनताका गुनासो सुन्न र जनतासँग मेयरलाई प्रत्यक्ष जोड्का लागि मेयरसँग जनता रेडियो कार्यक्रमका साथै हेलो मेयर टोल फ्रि सेवा सञ्चालन गर्नका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ ।

(४१) जग्गाको एकिकरण गरी व्यवस्थित शहरीकरण र एकिकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्नका लागि रु २५ लाख वजेट विनियोजन गरिएको छ ।

(४२) संविधानको कार्यान्वयनका लागि स्थानीय ऐन कानुन निर्माण गर्न रु १० लाख विनियोजन गरिएको छ ।

(४३) टोल विकास संस्था गठन र सञ्चालन सम्वन्धि आवश्यक कार्य गर्नका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

(४४) तुलसीपुर उपमहानगरपालिकाको काममा थारु भाषालाई कामकाजी भाषाको रुपमा प्रचलनमा ल्याउन आवश्यक नीति वनाउन र थारु संस्कृतिको जगेर्ना गर्नका लागि रु १० लाखको वजेट विनियोजन गरिएको छ ।

(४५) तुलसीपुर उपमहानगरपालिकाको कार्यालय विस्तारका लागि रु ५० लाख, तुलसीपुर उद्योग वाणिज्य संघलाई व्यवसाय करबाट संकलन हुने रकमको २० प्रतिशतले हुन आउने रकम अनुदान उपलब्ध गराउन रु ५ लाख र तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गर्ने बहुउद्देश्यीय सभागृह निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ ।

(४६) सबै धर्म, संस्कृति र भाषाको संरक्षण, विभिन्न धर्मावलम्बी तथा धार्मिक समुदायका लागि व्यवस्थित शवदाह, समाधी स्थल र कव्रिस्तान निर्माण र शवबाहन सञ्चालनका गर्नका लागि रु २५ लाख वजेट विनियोजन गरिएको छ ।

(४७) बबई र कोट सभ्यताको अध्ययन, अनुसन्धान गरी विकास र संरक्षण गर्नका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ ।

(४८) उपमहानगरपालिकाबाट प्रवाह हुने हरेक सेवा र विकासको सार्वजनिक सुनुवाई, जनलेखा परिक्षण तथा आवश्यकता अनुसार स्वतन्त्र प्राविधिक परिक्षण र निरिक्षणका लागि एकमुष्ट रु १० लाख विनियोजन गरिएको छ ।

(४९) मुस्लिम, अल्पसंख्यक, महिला, दलित, द्वन्द्वपीडित, असहाय, अपाङ्ग, र सीमान्तकृत समुदायलाई विशेष आरक्षणका कार्यक्रम सञ्चालन गर्न र बाल सुरक्षागृह, महिला सुरक्षा गृह तथा ज्येष्ठ नागरिक सेवा गृह निर्माण गर्नका लागि रु ५० लाख वजेट विनियोजन गरेको छु ।
(५०) वडा कार्यालयहरु स्थापना र निर्माणका लागि रु १ करोड विनियोजन गरिएको छ ।

(५१) तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयहरुमा वाइफाइ सेवालाई सञ्चालन गर्न र आइसिटी सेवाका लागि रु ५ लाख विनियोजन गरिएको छ ।

(५२) बालमैत्री स्थानीय सुशासन कार्यक्रम सञ्चालनका लागि रु ३२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

(५३) तुलसीपुर उपमहानगरपालिका भित्र सार्वजनिक, निजी, सहकारी र समुदायको सहकार्यमा नगर यातायात सेवा र अन्य पूर्वाधार विकासका लागि रु १ करोड विनियोजन गरिएको छ ।

(५४) वडास्तरीय पूर्वाधार विकास कार्यक्रमका लागि रु १९ करोड विनियोजन गरिएको छ । (अनसूची ३)

(५५) नगर स्तरीय पूर्वाधार विकासमा लागत सहभागिताका योजना सञ्चालन गर्न रु ३ करोड १७ लाख,नगर स्तरीय पूर्वाधार विकास कार्यक्रमका लागि ह्युम पाइप, विद्युत पोल÷तार ,तारजाली र ग्यावियन तार खरीदका लागि १ करोड ५० लाख, बाढी तथा प्राकृतिक विपदले पु¥याएको भौतिक पूर्वाधार मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि ५० लाख र अन्य नगर स्तरीय जनसहभागितामुलक योजनामा रु १ करोड ६ लाख गरी नगर स्तरीय पूर्वाधार विकास कार्यक्रममा रु ६ करोड २३ लाख ७० हजार विनियोजन गरिएको छ । (अनुसूची ४)

(५६) फोहोरमैला व्यवस्थापन, फोहोरलाई मोहोरमा वदल्न र फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि रु २ करोड विनियोजन गरिएको छ ।

(५७) फोहोरमैला संकलन र ढुवानी गर्न, पूर्वाधार विकासका लागि आवश्यक गाडी, यन्त्र खरीद गर्न रु ३ करोड विनियोजन गरिएको छ ।
(५८) तुलसीपुरमा सुविधा सम्पन्न वसपार्क,टर्मिनल भवन र पसल भवन निर्माणका लागि रु ९ करोड विनियोजन गरिएको छ ।

(५९) तुलसीपुर उपमहानगरपालिकामा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गर्न रु १० लाख विनियोजन गरिएको छ ।

(६०) तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडा स्तरबाट एम्बुलेन्स सञ्चालका लागि रु १ करोड विनियोजन गरिएको छ ।

(६१) तुलसीपुर उपमहानगरपालिमा २० वर्ष सेवा अवधि पुरा गरी नियमानुसार स्वेच्छिक अवकास लिन चाहेमा ‘गोल्डेन हेन्डसेक’ कार्यक्रमका लागि रु १ करोड विनियोजन गरिएको छ ।

(६२) परम्परागत रैथाने सीप र कलाको आधुनिकीकरण गर्न र आर्थिक समृद्धिका लागि लघुवित्त कार्यक्रम सञ्चालनमा टोल विकास संस्था, सहकारी, बैङ्क तथा वित्तीय संस्था, निजी क्षेत्र, सामुदायिक संस्था र अन्य सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्न उद्यमशिलता तथा वजारिकरण कोषको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ ।

(६३) संघीय तथा प्रदेश सरकारसँग माग गर्ने योजनाहरुको विवरण अनुसूची ५ मा संलग्न गरिएको छ ।

आदरणीय नगरसभा सदस्यज्यूहरु,
अन्तमा यस सम्मानित नगर सभामा वजेट मन्तव्य यही पुरा गर्दै यस तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को सेवा र कार्यहरुलाई स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सन्दर्भमा व्यवस्था गर्न बनेको ऐन (तुलसीपुर उपमहानगरपालिकाको विनियोजन ऐन) प्रस्तुत गर्न चाहन्छु ।
धन्यवाद
मिति ः २०७४ भदौ १२ गते सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*