दाङ, १२ भदौ
नेपाली कांग्रेस दाङले दुई राज्यमन्त्रीलाई स्वागत गरेको छ । नेपाल सरकारको श्रम तथा रोजगार राज्य मन्त्रि डिल्लीवहादुर चौधरी र सिंचाई राज्य मन्त्रि अम्मरसिंह पुनलाई कांग्रेसले घोराहीमा कार्यक्रमको आयोजना गरेको स्वागत सम्मान गरेको हो ।
नेपाली कांग्र्रेसका नेता तथा श्रम तथा रोजगार राज्य मन्त्रि डिल्लीवहादुर चौधरीले नेपाली कांग्रेस आगामी निर्वाचनमा रणनिती बनाएर जितकालागी अगाडी बढ्नुपर्ने बताउनुभएको छ । यसकालागी नेता कार्यकर्ताहरु रणनितीका साथ लाग्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस दाङले पार्टी कार्यालयमा आयोजना गरेको श्रम तथा रोजगार राज्य मन्त्रि र सिंचाई राज्य मन्त्रिलाई सम्मान कार्यक्रममा बोल्दै चौधरीले यसरी अगाडि बढ्नकालागि आफू तयार रहेको बताए । निर्वाचनको समयमा कार्यकर्तालाइ संहालेर राख्न सक्नु पर्ने पनि उहाँको सुझाव छ । पार्टीमा सुदृढिकरण अभियान चलाउनु पर्ने समेत बताए ।
नेपाली काँग्रेस दाङले स्थानिय तहको निर्वाचनमा नपेक्षीत हार व्यहोर्नु परेको भन्दै आउदो प्रदेश र संघको निर्वाचनमा विजयी हुने गरी अगाडि वढन आग्रह गरे । नेपाली कांग्रेसलाइ पहिलो पार्टि बनाउन भावनात्मक एकता पहिलो आवस्यकता भएको भन्दै आम नेता कार्यकर्ताहरु आउंदो प्रदेश र संघको निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन् ।
सिंचाई राज्य मन्त्रि अम्मरसिंह पुनले स्थानिय तहको चुनाव हार्नुको खोजिनीति र हिसाव किताव खोजिनुपर्ने बताउनुभयो । पार्टी भित्रको गुठ उप गुठका कारण पराजय भोग्नु परेको उनको भनाई रहेको छ । पार्टीले गरेका काम पनि पार्टी कै नेताहरुले समेत अरुले गरेको भनेर भन्ने गरेको समेत उनले बताए । यसले गर्दा जनतामा भ्रम पर्ने पुनको भनाई छ ।
त्यस अवसरमा नेपाली काँग्रेसका निवर्तमान सभापति धनश्याम रेग्मी, प्युठान जिल्ला सभापति अमर भण्डारी, क्षेत्र नम्वर ३ का सभापति भुपवहादुर डाँगी, लगाएतकाले भनाई राखेका थिए ।
कार्यक्रम जिल्ला सभापति कीर्तिवहादुर खडकाको अध्यक्षतामा भएको थियो । जिल्ला कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । त्यस अवसरमा नेपाली काँग्रेस दाङ, नेका क्षेत्रनम्वर ३, नेपाल महिला संघ, क्षेत्रिय महिला संघ, नेपाल निजामती कर्मचारी युनियन संघ, महिला संघ रोल्पा, नेपाल प्रेस युनियन रोल्पा, जलजला यातायात समिती रोल्पा, लगाएतकाले टीका र खाँदाले सम्मान गरेका थिए ।
यसैबीच
राज्यमन्त्रीहरु चौधरी र पुनले घोराही ६ लखुवारमा विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । त्यस अवसरमा पीपलछहारी बाँधको अवलोकन गर्नुभएको थियो । त्यस अवसरमा बाँधको निर्माणकालागी आफूहरुले सहयोग गर्ने मन्त्रीहरुले प्रतिवद्धता व्यक्त गर्नुभयो । यो बाँध बनेमा ५ सय विघा जग्गामा सिचाई हुने स्थानीय नेपाली कांग्रेसका नेता रेखबहादुर वली (देउता)ले जानकारी दिनुभयो ।