Home / Feature Breaking news / दाङमा बजेटको अभाव हुन्नः मन्त्री चौधरी

दाङमा बजेटको अभाव हुन्नः मन्त्री चौधरी

लिलाधर वली
घोराही, १२ भदौ
श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले दाङमा बजेटको अभाव हुन नदिने बताउनुभएको छ । जिल्लामा विकासका धेरै संभावनाहरु भएको भन्दै ती संभावना पुरा गर्नकालागी आफ्नो प्राथमिकता हुने बताउनुभयो । दंगालीहरुले विकास निर्माण नहुदा धेरै समस्या भोग्नुपरेको भन्दै उहाँले आफू मन्त्री हुदासम्म दाङको मुहार फेर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघले घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले स्वदेशमा रोजगारीका अवसरहरु नहुदा युवा जनशक्ति विदेशीन बाध्य रहेको भन्दै राज्यमन्त्री चौधरीले युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरि आफुहरुले कार्यक्रम ल्याउने बताउनुभएको हो ।

देशको आर्थिक समृद्धिका लागि युवा जनशक्ति आवश्यक रहेकाले युवाहरुलाई दक्ष बनाउने खालका कार्यक्रम ल्याउने गरि आफु लागेको भन्दै उहाँले दाङको विकासका लागि उद्योग व्यवसायीहरुलाई अग्रसर हुन आग्रह गर्नुभयो ।

‘उद्योग व्यवसायीहरु नतात्दासम्म जिल्लाको विकास हुन सक्दैन,त्यसैले जिल्लाको विकास लागि स्पष्ट खाका बनाएर मलाई दिनहोसु’–राज्य मन्त्री चौधरीले भन्नुभयो– ‘त्यस अनुसार केन्द्रमा मैले कहाँ के गरेर बजेट पार्नुपर्छ,सव गर्छु ।’ दाङ पाँच नम्वर प्रदेशको प्रादेशिक राजधानीका रुपमा रहेको भन्दै उहाँले त्यसका लागि सडक, हवाई, स्वास्थ्य, होटेल व्यवसाय लगायतका पूर्वाधारहरुलाई अघि बढाउन उद्योग बाणिज्य संघले पहल कदमी लिनुपर्नै बताउनुभयो ।

त्यस्तै उहाँले आफुले हवाई यातायातलाई १५ दिनभित्रमा सुरुवात गर्ने बताउनुएको छ । तुलसीपुरमा रहेको एयरपोटवाट दैनिक रुपमा अहिलेसम्म नभएकाले कम्तीमा पनि हप्तामा दुई, तीन दिन चल्ने गरी सानो खालको प्लेन सञ्चालनको लागि काम गरिरहेको बताउनुभयो । त्यसका लागि आफुले एयरपोटमा इन्धन डिपो राख्न नसकेपनि ट्याङ्करवाट इन्धन ल्याएर भएपनि हवाई सेवा सञ्चालन गर्ने गरी काम गरेको बताउनुभयो ।

दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा बाणिज्य उपाध्यक्ष टंकसिंङ बुढाथोकीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, पूर्व अध्यक्ष चन्द्रराज पन्त,व्यवसायी नारदमणि पोख्रेललगायतले सुझाव मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले दाङ औद्योगिक क्षेत्र स्थतापना, एयरपोट, राप्तीद्धारका रुप्मा रहेको कोइलाबास नाका सञ्चालनसँगै दाङका नदि तथा खोलाहरुमा पुलसँगै सडक निर्माणमा भएको ढिलालाई हटाउनका लागि काम गर्न आग्रह गर्नभएको थियो ।

विकास निर्माणमा दाङमा के आवश्यक छ भन्ने विषयमा सम्पूर्ण क्षेत्रसँग समन्वय गरिरहेको र त्यसको सम्पूर्ण विवरण सहित आफूले काम गरेर देखाउने दाबी गर्नुभयो । सचिव माया पोख्रेलले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव नरेश कार्कीले सञ्चालन गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*