घोराही,१५ कार्तिक ।प्याव्सन दाङका संस्थापक अध्यक्ष एव वरिष्ठ सल्लाहकार तथा राप्ती विद्यामन्दीरका प्राचार्य डा. घनश्याम डाँगीको असामयिक निधनप्रति व्याव्सन दाङले दुःख व्यक्त गरेको छ ।
निजि तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल प्याव्सन दाङका अध्यक्ष यादव गिरीले बुधवार एक विज्ञप्ती जारी गर्दै डागीले दाङको जिल्लामा संस्थागत विद्यालयहरुलाई एकिकृत गरी जिल्लाको शिक्षाको विकासका लागि खेल्नुभएको भुमिका र विषम परिस्थीतिमा संस्थागत विद्यालहरुको निरन्तरताका लागि पु¥याउनु भएको योगदान महत्वपुर्ण र अविष्मरणीय रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै दुःखको यस घडिमा मृतकका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दै यहि कात्तिक १६ गते विहीवार प्याव्सन दाङ अन्तर्गतका सम्पुर्ण संस्थागत विद्यालयहरुमा पठनपाठन कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
यसैविच स्वर्गीय डागीको निधनप्रति हिसान दाङले पनि दुख व्यक्त गरेको छ । हिसानका जिल्ला अध्यक्ष लक्ष्मण बुढाथोकीले विज्ञप्तीजारी गरी संस्थागत विद्यालयहरुको विकासमा डागीले खेल्नुभएको भुमिकाको स्मरण गर्दै मृत्मु प्रति दुंख प्रकटसँगै परिवारजनप्रति हार्दिक सम्वेदना प्रकट गरिएको छ । साथै हिसान अन्तर्गतका सम्पुर्ण विद्यालयहरुको पठनपाठन स्थागित गर्ने निर्णय गरेको छ ।
RaptiSandesh RaptiSandesh