Home / Feature Breaking news / हिन्दु विद्यापीठमा चेतनामा आधारित शिक्षासम्बन्धि प्रशिक्षण

हिन्दु विद्यापीठमा चेतनामा आधारित शिक्षासम्बन्धि प्रशिक्षण

खड्ग शर्मा
दाङ, २७ जेठ । चेतनामा आधारित शिक्षा (कन्सियसनेस वेस्ड एजुकेशन)को पाँच दिने प्रशिक्षण कार्यक्रम शुक्रवार घोराहीको हिन्दु विद्यापीठ(नेपालमा सम्पन्न भएको छ । विद्यालयका बालबालीकाको मानसिक विकासका लागि ध्यान अत्यन्त आवस्यक रहेको कार्यक्रममा सहभागीहरुले वताएका छन ।

ध्यानले मष्तिस्कको कार्यक्षमता अत्यन्त वृद्धि हुने र तनाव रहित भएर अध्ययन गर्न सकिने प्रशिक्षकहरुको भनाइ रहेको छ । प्रशिक्षण कार्यक्रममा महर्षी वैदिक फाउन्डेसनका नारायणप्रसाद धिमाल, अरुणकुमार अर्याल र विमला शर्मा रहेका थिए । कार्यक्रममा प्रशिक्षक विमला शर्माले अहिले ध्यान युरोप अमेरीकालगायतका धेरै मुलुकका स्कुल कलेजमा अनिवार्य जस्तै भएको वताएकी थिइन । हाम्रै ठाउँको कुरा अन्य मुलुकले सिकेर प्रगति गरिसक्दा समेत हामीहरु अझै पछि परिरहेको उहाँले भनाई थियो ।

प्रशिक्षक अरुणकुमार अर्यालले शिक्षक र बालबालिकाको लागी यो अपरिहार्य रहेको बताए । ध्यानका माध्यामबाट बालबालिकाको सृजनसीलतामा अभिवृद्धिहुनुका साथै चेतना गहन हुने वताए । उनले अव हरेक स्कुल कलेजमा ध्यान कक्षाको शुरुवात हुनुपर्ने बताए । दिनमा कम्तिमा विहान १५ मिनेट र साँझ १५ मिनेट मात्र ध्यान गर्दा पनि मानिसमा निकै ठुलो परिवर्तन आउने उनको भनाई थियो ।

कार्यक्रममा अर्का प्रशिक्षक नारायणप्रसाद धिमालले हरेक विद्यालयले बालबालिकाहरुलाई स्कुलमै कक्षाको रुपमा ध्यान सञ्चालन गर्नुपर्ने बताए । यसबाट बालबालिकाकामा नयाँनयाँ कुराहरु जान्ने र खोज्ने क्षमताको विकास हुने वताए । हरेक मान्छेलाइ सकारात्मक वाटोमा हिडाउने माध्यम नै ध्यन भएकोले अहिलेको अवस्थामा यो सवैको आवस्यक्ता भैसकेको वताए ।

विद्यालयमा अव नियमित शिक्षक तथा विद्यार्थीहरुको ध्यान कक्षा हुने विद्यालयका निर्देशक डा भोलानाथ योगीले जानकारी दिएका थिए । । विद्यार्थीलाई सांस्कारिक र ब्यबहारिक वनाउन मात्र सकेपनि समाज रुपान्तरणले ठुलो फडको मार्ने उहाँको भनाइ छ । कार्यक्रममा विद्यालयका सह प्राचार्य मुधुसुदन पन्त, शिक्षकहरु सागर दाहाल, रुपलाल गिरी, पुष्पा रावत, सुस्मिता सुवेदी, निमा विसी, शोभा पोख्रललगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक पिताम्वर रिजालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*