Home / Feature Breaking news / जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

घोराही,२५ जेठ । जिल्ला समन्वय समिति दाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यतालिका अनुसार जेठ २९ गते हुने निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ताको समय रहेको थियो । तर तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रकातर्फबाट उम्मेदवारी दिनुभएका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।

जस अनुसार जिल्ला समन्वय समिति दाङको प्रमुखमा नेपाली कांग्रेसका नित्यानन्द शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका शर्मा निर्विरोध निर्वाचित हुनुभएको हो । यद्यपि निर्वाचन आयोगले भने घोषणा गरेको छैन ।

स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका–७ वडा नम्वरबाट वडा सदस्यमा निर्वाचित भएका शर्मालाई कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार बनाएको थियो । उपप्रमुखमा नेपाली कांग्रेसका चेतना चौधरी निर्विरोध निर्वाचित हुनुभएको हो ।

सदस्यमा नेपाली कांग्रेसबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल(महिला सदस्य ), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) र नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य ) र दुर्पती चौधरी (खुला सदस्य) मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*