Home / Feature Breaking news / १२ नदीको जलसतह खतराको तहमाथि, केही नदीको बहाव घट्दो क्रममा

१२ नदीको जलसतह खतराको तहमाथि, केही नदीको बहाव घट्दो क्रममा

लगातारको वर्षाका कारण १२ वटा नदीको जलसतह १५ स्थानमा खतरा तह नाघेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार अपराह्न साढे ३ बजेसम्म विभिन्न नदीहरूले विभिन्न जिल्लामा खतराको तह पार गरेको हो।

महाशाखाले देवघाटमा नारायणी नदी, काठमाडौंको बालकुमारीमा मनोहरा खोला, भक्तपुरमा हनुमन्ते खोला, ललिपुरमा बागमती नदी, रौतहटमा पनि बागमती नदी, बारामा पसाहा खोला, धनकुटाको सिम्लेमा अरूण नदी, सिन्धुपाल्चोको बाह्रबिसेमा भोटेकोशी नदीको जलसतह खतारको तह पार गरेको हो ।

त्यस्तै सिन्धुपाल्चोककै जलविरेमा बलेफी खोला, सिन्धुलीको खुर्कोटमा सुनकोशी नदी, भोजपुरको हम्पाचुवारमा सुनकोशी, धनकुटाको मुलघाट र त्रिवेणीमा तमोर नदी, सुनसरीको चतरामा सप्तकोशी नदी र सुनसरीकै मदन भण्डारी राजमार्गस्थित सर्दु खोलामा जलसतह खतराको तह पार गरेको महाशाखाले जनाएको छ।

केही नदी तथा खोलाहरुमा जल सतह घट्दो क्रममा रहेको र केहीमा स्थिर तथा बढ्दो क्रममा रहेको  महाशाखाले जनाएको छ।

त्यस्तै स्याङ्जा, रसुवा, चितवन, काठमाडौं, मकवानपुर, सप्तरी, सिन्धुली, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, पाँचथर र सुनसरीमा विभिन्न नदी खोलाहरूको सतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।

शनिबार बिहान १९ भन्दा बढी नदीहरूमा जलसतहले खतरा तह पार गरेको थियो।

 भोलिसम्म वर्षाको सम्भावना भएकाले सतर्क रहन महाशाखाले अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*