Home / Feature Breaking news / मेलमिलाप नै विवाद समाधानको उत्तम उपाय : नगरप्रमुख चौधरी

मेलमिलाप नै विवाद समाधानको उत्तम उपाय : नगरप्रमुख चौधरी

लमही २७ जेठ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले मेलमिलाप नै बिबाद समाधानको उत्तम उपाए भएको बताएका छन् । ‘समुदायमा हुने द्वन्द्ध र झै झगडा जस्ता असहमतिका बिषयलाई सम्बाद बाट सहमतिमा ल्याएर समाधान गर्नु बिबाद समाधानको राम्रो पक्ष हो’ मेयर चौधरीले भने ।

उनले लमही नगरपालिकाले नगर भित्रका बिबादलाई सम्बाद बाटै निकास दिने र आबश्यकता अनुसार सम्बाद समूहसग समन्वय गर्ने बताए । सम्बाद समूह दाङले शुक्रबार देउखुरीका तीन पालिकाका प्रमुख तथा उपप्रमुख बिच सयुक्त रुपमा आयोजना गरेको स्वागत तथा समन्वयात्मक छलफलको अबसरमा चौधरीले सो कुरा बताएका हुन । सो अबसरमा राजपुर गाउपालिकाका नब निर्बाचित अध्यक्ष शरद बुढाथोकीले पालिकाबासिको आधारभुत आबश्यकता पूरा गर्ने आफ्नो पहिलो जिम्मेवारी भएको बताए ।

उनले राजपुरमा केही ठुला बिबाद रहेकोले समाधानका लागि सम्बाद समूह सग सहकार्य गर्ने समेत बताए । गढवा गाँउपालिकाका अध्यक्ष प्रेम नारायण पोख्रेलले पालिका भित्र पालिकाको समाङकन, नदिजन्य पदार्थको उत्खनन् र राजस्व संकलनका सवालमा केही असमझदारी रहेको बताए । त्यस्ता असहमतिका बिषयलाई सहमतिमा ल्याई सहमतिबाट समस्याको समाधान गर्न सम्बाद समूह सगको समन्वय र सहकार्य आबश्यकता रहेको उनको भनाइ रहेको छ ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, राजपुर गाउपालिकाका उपाध्यक्ष धनपति यादब र गढवा गाँउपालिकाका उपाध्यक्ष शारदा चौधरीले पालिका भित्रका बिबाद समाधानका लागि पालिकाको न्यायिक समिति र सम्बाद समूह बिच सुमधुर सम्बन्ध स्थापित हुन आबश्यक रहेको बताए ।

कार्यक्रममा सम्बाद समुहका सहजकर्ता शुष्मा गिरीले समुदायमा सामाजिक न्यायका लागि सम्बाद समुहले विभिन्न क्षेत्रका द्वन्द्धरत पक्षहरु सग छलफल गरि बिबादको समाधान गर्दे आएको जानकारी दिइन् । उनले सम्बाद समुहको परिचय गराउदै समुहले फौजदारी बाहेक अन्य बिबादहरुको समाधानको लागि विभिन्न निकाय सग आबश्यकता अनुसार सहजिकरणको भुमिका निर्बाह गर्दे आएको जानकारी दिइन् । नब निर्वाचित जन प्रतिनिधिहरुलाई स्वागत सहित कार्य सफलताको शुभकामना ब्यक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*