Home / Feature Breaking news / घोराहीका वडा अध्यक्षहरुको संयुक्त माग– ‘वडा अध्यक्ष पाण्डेलाई दुव्यवहार गर्ने प्रहरीलाई कारबाही गरियोस्’

घोराहीका वडा अध्यक्षहरुको संयुक्त माग– ‘वडा अध्यक्ष पाण्डेलाई दुव्यवहार गर्ने प्रहरीलाई कारबाही गरियोस्’

घोराही, १९ जेठ

घोराही उपमहानगरालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेमाथी मंगलवार प्रहरीले गरेको दुव्र्यवहारको घोराही उपमहानगरपालिकाका वडा अध्यक्षहरुले विरोध गरेका छन् ।

होम आईशोलेसनमा रहेका एक कोरोना संक्रमीतकोलागी अक्सीजन सिलिन्डर खोजीमा हिडेका वडा अध्यक्ष पाण्डलाई जिल्ला प्रहरी कार्यालय अगाडी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक रामनारायण गुप्ताले दुव्र्यवहार गरेको घटनाप्रति घोराही उपमहानगरपालिकाका १३ जना वडा अध्यक्षहरुले संयुक्त विज्ञप्ती निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

घोराही उपमहनगरपालिकाका प्रवक्ता एवं घोराही १८ का अध्यक्ष भरत अर्याल सहित घोराही उपमहानगरपालिका ३ का अध्यक्ष माधव चौधरी, वडा नम्बर ४ का अध्यक्ष भिमबहादुर सार्की, वडा नम्बर ५ का अध्यक्ष विष्णुमणी दाहाल, वडा नम्बर ६ का अध्यक्ष रेवबहादुर बुढाथोकी, वडा नम्बर ८ का अध्यक्ष चन्द्रप्रसाद चौधरी, वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल), वडा नम्बर १२ का अध्यक्ष राजेन्द्र बुढा, वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ति, वडा नम्बर १४ का अध्यक्ष शक्तीराम डाँगी, वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसी र वडा नम्ब्र १७ का अध्यक्ष खुशीराम चौधरीले संयुक्त विज्ञप्ती निकालेर दोषीलाई कारबाहीको माग गरेका छन् ।

कोरोना महामारीमा दाङ जिल्लाका कोरोना संक्रमीतहरुको सेवा र कोरोना महामारी नियन्त्रणकालागी अग्रपक्तीमा जनप्रतिनीधी खटिने गरेको बताउदै महामारीको समयमा कोरोना संक्रमीतहरुको उपचारकालागी खटिएका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेमाथी हिजो मंगलवार घोराहीमा प्रहरीबाट भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘वडाअध्यक्ष रमेशकुमार पाण्डे होम आईशोलेसनमा रहेका एक जना कोरोना संक्रमीतकालागी अक्सीजन सिलिन्डरको व्यवस्थापनमा जार्दै गर्दा जिल्ला प्रहरी कार्यालय दाङको गेट आगाडी जिप्रका दाङमा कार्यरत प्रहरी निरिक्षक रामनारायण गुप्ताबाट भएको दुव्र्यवहारको हामी घोर भत्सना गर्दछौ । स्थानीय सरकारका प्रतिनीधीहरुमाथी प्रहरी प्रशासनबाट भएको यो व्यवहार निकै आपत्तिजनक छ । दुव्र्यवहारको विरोधमा आज वुधवार वडा कार्यालयहरु पनि बन्द रहेको जानकारी गराउन चाहन्छौ ।’ विज्ञप्तीमा भनिएको छ– ‘महामारीको समयमा अग्रपत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुप्रति हामी सम्मान गर्दछौ । तर जनताको सेवामा अहोरात्र खटिने जनप्रतिनीधीहरुलाई यस्तो किसिमको दुव्र्यवहार गरि हतोत्साहित बनाउने काम नगर्न पनि सम्बन्धीत निकायलाई अनुरोध गर्दछौ । घटनाका दोषी प्रहरी निरिक्षकलाई तत्काल कारबाही गर्न जोडदार माग पनि गर्दछौ । यो कोरोना संकटको समयमा सबैको हातेमालोबाटमात्र महामारी नियन्त्रण गर्न सकिने भएकाले सबै आफ्नो क्षेत्रबाट लागिपर्न पनि अनुरोध गर्दछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*