Home / समाचार / शान्ति समाजले विविध कार्यक्रम गरि मनायो स्थापना दिवस

शान्ति समाजले विविध कार्यक्रम गरि मनायो स्थापना दिवस

सुशील बस्नेत

दाङ,१९ जेठ । मानव अधिकार तथा शान्ति समाजको २६ औ स्थापना दिवसको अवसरमा बुधबार ४ वटा बिबिध कार्यक्रम गरिएका छ्न ।

स्थापना दिवसको सन्दर्भमा शान्ति समाज दाङले मेट्रो हस्पिटल तुलसीपुरमा एकहजार लिटरको ट्याङ्की उपलब्ध गराएको छ । उक्त ट्याङ्की तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई शान्ति समाज दाङ शाखाका सभापति तुलसीपुर राम सुनार, केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिब निर्मल नेपाली , शाखा सचिब निर्मला डिसीलगायतले हस्तान्तरण गरेका थिए ।

हस्पिटलमा आउने हरेक ब्यक्तिले उक्त ट्याङ्कीको पानी र साबुनले हात धुने छ्न र कोरोना सक्रमणबाट सुरक्षित हुन मद्दत गर्ने नगरप्रमुख पाण्डेले बताए । स्थापना दिवसको अवसरमा शान्ति समाज दाङले कोरोना बिशेष अस्पताल बेल्झुण्डी दाङमा दुईवटा त्रिपाल उपलब्ध गराएको छ । अस्पतालका प्रमुख डा बनोदसिह र ब्यबस्थापन समितिका सदस्य द्रोण वलीलाई शान्ति समाज दाङका सभापति तुलसीराम सुनार,केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, सहसचिव उषा गौतम र शाखाका पूर्ब कोषाध्यक्ष अमृतकाजी शर्माले हस्तान्तरण गरेका हुन ।

उक्त त्रिपाले अस्पतालमा भर्ना भएका कोरोना पीडितका आफन्त, बिरामीलाई भेट गर्न आउनेका लागी घाम पानीलाई छ्ल्न र ओतलाग्न मद्दत गर्ने अस्पतालका ब्यबस्थापन समितिका सदस्य वलीले बताए । स्थापना दिवसको अवसरमा शान्ति समाजले रक्तदान कार्यक्रम गरेको छ । कालीकादेबी रक्त संचार केन्द्र तुलसीपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा १५ जनाले रक्तदान गरेका शान्ति समाज दाङका सदस्य भिमलाल मरासिनीले जानकारी दिएका छन् ।

शान्ति समाज दाङ शाखाले स्थापना दिवसकै अवसरपारी महिला सुधार गृह नारायणपुरमा खाजा बितरण गरेको शाखा सहसचिव उषा गौतमले जानकारी दिइन । शान्ति समाजले जेठ २२ गते वातावरण दिवसका अवसरमा समेत बिबिध कार्यक्रम गरि मनाउने तयारी गरेको कोषाध्यक्ष कोमल डाँगीले जानकारी दिएका छन् । मानव अधिकार , शान्ति , लोकतन्त्र र अहिसाका साथै शानी समाजले जीवनमुखी, जगतमुखी र सेवामुखी मुलनाराका साथ आफ्ना क्रियाकलाप गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*