Home / Feature Breaking news / प्रमोद बर्मा हत्याको निष्पक्ष छानविनको माग गर्दै दाङमा दबाब जुलुस

प्रमोद बर्मा हत्याको निष्पक्ष छानविनको माग गर्दै दाङमा दबाब जुलुस

घोराही, १० भदौ
नेपाल बैंक बर्दिया शाखाका प्रवन्धक प्रमोद बर्माको रहस्यमय मृत्युको निष्पक्ष छानविनको माग गर्दै आज दाङमा दबाब ¥याली निकालिएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी बर्माको रहस्यमय मृत्यु भएको भन्दै घोराहीमा दबाब ¥याली निकालिएको हो । ¥यालीमा सहभागीहरुले बर्मा हत्याकाण्डको निष्पक्ष छानविन गर, हत्यारालाई कारबाही गर, नागरिकको बाँच पाउने अधिकार सुनिश्चीत गर्, हत्याहिंसा कहिले सम्म हामी चुप जहिले सम्म, पिडीतलाई न्याय दँे जस्ता नारा लगाएका थिए ।

6

दबाब ¥यालीमा महिला, शिक्षक, विद्यार्थी, बैंक कर्मचारी, पत्रकार, मानवअधिकारकर्मी, व्यवसायी, यातायात व्यवसायी लगायतको सहभागीता रहेको थियो । घोराहीको तुलसीपुर चोकबाट सुरु भएको ¥याली दिपशीखा रोड बाट जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयबाट सहित गेट हुदै नेपाल बैंक, दामोेदर चोकबाट तुलसीपुर चोकमा आएर सभा भएको थियो ।

2

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले पत्रकार पार्वतीलाई गरेको दुःखको यस घडीमा नेपाल पत्रकार महासंघ सधै सँगै भएको भन्दै निष्पक्ष टानविनकालागी दबाब दिईरहेको बताउनुभयो ।

3

बर्माको हत्या भएको भन्दै श्रीमती पार्वती बस्नेतले किटानी जाहेरी दिनुभएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य बस्नेतले आफ्नो श्रीमानको हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभएको छ । साथै उहाँले सबैले आफ्नो क्षेत्रबाट दबाब दिन अनुरोध गर्नुभयो । बर्माको हत्या भएको प्रशस्त आधार हुँदाहुँदै पनि प्रहरी प्रशासनले वेवस्ता गरेको उहाँको भनाई छ ।

5

साउन २१ गतेदेखी बर्दियाबाट सम्पर्क विहीन हुनुभएका नेपाल बैक बर्दिया शाखा प्रवन्धक बर्माको साउन २३ गते बाँकेको अगैँया जंगलमा झुण्डीएको अवस्थामा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*