शरद रेग्मी
दाङ, १० भदौ
श्रम तथा रोजगार राज्य मन्त्रि डिल्ली बहादुर चौधरीले युवाहरुलाई नेपालमै रोजगार दिलाउन आफु लागि पर्ने बताउनु भएको छ । मन्त्री भए पछि पहिलो पटक गृह जिल्ला दाङ आउनु भएका चौधरीले देशमै रोजगारीको श्रृजना गरि युवाहरुलाई रोजगारी दिलाउन आफनो मन्त्रालयले गृह कार्य गर्ने बताउनुभयो ।
आज शनिवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले धेरै भन्दा धेरै युवाहरुलाई रोजगारी दिनका लागी बिभिन्न रोजगारमुखी तालिमहरु सञ्चालन गरिने बताउनुभयो । आप्mनो पहिलो काम नेपालमै युवाहरुलाई रोजगार दिने वातावरण बनाउनु रहेको भन्दै त्यसकालागि पहल गरिरहेको बताउनु भयो ।
चौधरिले वैदेशिक रोजगारलाई ब्यवस्थीत गर्ने तथा युरोपियन देशहरुमा समेत श्रम स्वीकृत लिई नेपाली युवाहरुलाई पठाउने बताउनु भयो ।
राजधानिका लागि आवश्यक पुर्वाधार तथा प्रदेश स्तरिय कार्यालयहरु जिल्लामा आउने क्रम रहेको भन्दै यसले पनी दाङलाई प्रदेश राजधानिका लागी कसैले रोक्न नसक्ने बताउनु भयो । मन्त्रि चौधिरले तुलसीपुर एयरपोर्टको डि पि आर तयार भै रहेको हुदाँ चाडै नै त्यसको धावनमार्ग विस्तार गरि जहाज चलाउनका लागी पहल गरिरहेको समेत बताउनु भयो ।
कार्यक्रम रिपोटर्स क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।