Home / समाचार / चैत २५ सम्म लक डाउन गर्न सिफारिस

चैत २५ सम्म लक डाउन गर्न सिफारिस

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ।

आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि  लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ।

त्यस्तै आजको बैठकले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे पनि मन्त्रिपरिषदमा सुझाव दिएको छ।

लक डाउन थप र राहतबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*