घोराही, १९ जेठ
दाङ प्रहरीले घोराही उपमहानगरपालिकाका वडा अध्यक्षलाई दुव्यवहार गरेको छ । घोराही उपमहानगर पालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे माथी प्रहरीले दुर्व्यवहार गरेको हो । मंगलवार दिउँसो १२ बजेतिर घोराही १५ रतनपुरका एक जना वडावासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन आग्रह गरेपछि वडा कार्यालयबाट उनी अक्सिजनको खोजिमा निस्किएका थिए ।
सोही बेला प्रहरीले उनी माथी दुर्व्यवहार गरेको वडाध्यक्ष पाण्डेले बताए । वडा अध्यक्षको परिचयपत्र देखाउदा पनि आफूमाथी दुव्यवहार भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय दाङले चेकीङ्गका क्रममा प्रहरी निरीक्षकले वडाध्यक्षलाइ नचिनेर स्कुटि रोकेको प्रतिक्रिया दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले प्रहरीले नियतबस भन्दा पनि नचिनेर त्यो घटना घटेको र वडाध्यक्ष आफैमा सहयोगी भावना भएको र जिप्रकालाइ धेरै सहयोग गरेको पनि स्मरण गरे ।
यसैबीच वडा अध्यक्ष पाण्डेमाथी प्रहरीद्धारा भएको दुव्यवहारको विरोधमा घोराही उपमहानगरपालिकाका वडा कार्यालयहरु आज वुधवार बनद भएका छन् ।
कोरोना महामारीको समयमाजनताको सेवामा हिडेका वडा अध्यक्ष पाण्डेमाथी प्रहरीद्धारा भएको दुव्यवहारको विरोधमा घोराही उपमहानगरपालिकाका वडा कार्यालयहरु स्वतस्फूर्त रुपमा बन्द भएको घोराही उपमहानगरपालिका वडा नम्ब्र ५ का अध्इक्ष विष्णुमणी दाहालले जानकारी दिनुभएको छ ।