Home / Feature Breaking news / गढवाका काेराेना संक्रमीतलाई बेलझुण्डी लगीयाे

गढवाका काेराेना संक्रमीतलाई बेलझुण्डी लगीयाे

दाङ, ३ जेठ

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई युवाहरूलाई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लगिएको छ । उनीहरूलाई उपचारकालागी काेराेना अस्पतालमा लगिएकाे हाेे ।

शुक्रबार राति दुई जना सङ्क्रमितलाई गढवाको क्वरेण्टीनबाट लगिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । उनीहरु भारत हुँदै कपिलवस्तुबाट जुन एम्बुलेन्सबाट आएका थिए, त्यही एम्बुलेन्सबाट कोरोना अस्पतालमा लगिएको चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका ४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा सङ्क्रमण देखिएको हो । उनीहरु भारतको गोरखपुर र मुम्बइबाट फर्किएका व्यक्ति हुन् ।

 बाँकेमा कोरोना संक्रमीत पुष्टि भएका ८ जनालाई पनि हिजो बेलुकी उपचारका लागि दाङको बेलझुण्डीमा रहेकोे कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*