Home / Feature Breaking news / काेरेनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१

काेरेनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१ पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४८४ पुगेको छ । बेलायतमा ३३ हजार ९९८, इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमित मध्ये १७ लाख ५५ हजार १२ जना निको भएर घर फर्किसकेका छन् । २५ लाख ५७ हजार ९३९ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*