Home / Feature Breaking news / श्रीगाँउमा कांग्रेसको जनसागर (तस्वीरहरु)

श्रीगाँउमा कांग्रेसको जनसागर (तस्वीरहरु)

शरद रेग्मी
श्रीगाउँ, ९ मंसिर

मंसिर १४ गते हुन लागेको उप–निर्वाचन नजिकिदै गर्दा नेपाली कांग््रेस दाङले चुनावी प्रचार प्रसार अभियानलाई व्यापक बनाएको छ । चुनावी अभियान अन्तर्गत सोमवार पश्चिम दाङको श्रीगाउँमा बृहत चुनावी सभा सम्पन्न भएको छ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले केपी वलिको राष्ट्रवाद लिपु लेक,कालापानी र लिम्पियाधुराले गएर लम्पसारबादमा परीणत भइसकेको बताउनुभयो ।

IMG_7269

उहाँले लुटतन्त्र,त्रासबाट मुक्ती पाउन र लोतन्त्रलाई स्थायीत्व गर्न नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताउनुभएको छ । कम्युनिष्ट सरकारले करको भार बोकाएर जनतालाई आर्जित बनाएको भन्दै उहाँले अब यो सरकारलाई सच्याउन कांग्रेसलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

77120859_2720323387990866_275783389129211904_n

अहिलेको सरकारले विकास निमार्णका कार्यको उपभोक्ता समितिमा आफ्ना कार्यकर्ता भर्ने र प्रत्यक्ष सरकारी कोषमा लुट मच्याएको भन्दै देउवाले आक्रोस पनि पोख्नुभयो । देशको स्वतन्त्र न्यायपालिका भित्र सत्ताको हस्तक्षेप भएको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले देशको शान्ति सुरक्षालाई भगं पारेको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,– दण्द्धकालमा ठुलो लडाई लडेर नेपाली कांग्रेसले देशमा सघिंय लोकतान्त्रिक गणतन्त्र ल्यायो तर अहिलेको सरकारले यसलाई उल्टो गति तर्फ लैजान खोजिरहेको छ ।

78544523_2868156609875578_2512125276213739520_o

साथै उहाँले मंसिर १४ मा हुन लागेको उप–चुनाव सरकार बदल्ने वा बनाउने नभएपनि आफैमा महत्वपुर्ण भएको नेता पौडेलको भनाई छ । त्यस्तै नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले कम्युनिष्टको ज्याजदी रोक्न नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

कम्युनिष्टले जनतालाई पैसा बाँडेर राजनिति गरिरहेका छन,उहाँले भन्नुभयो,–पैसा बाँडेर राजनिति गर्नु गलत हो,देशमा शान्ति र लोकतन्त्रलाई बचाउन कांग्रेसलाई मतदान गर्नुहोस ।

78056232_397346004484187_3846956276646936576_n

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा। शेखर कोईरालाले नेकपाको सरकार अत्यन्तै गैर जिम्मेवार ढंगले अगाडि बढेको हुँदा त्यो रोक्न नेपाली काँग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले कम्युनिष्टको झुटको खेती बन्द गर्न नेपाली कांग्रेस यसको बिरुद्धमा रहेको समेत धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस सह–महामन्त्री डा।प्रकाशशरण महतले जनताका सामु काम गरेर देखाउने पार्टी भनेको नेपाली कांग्रेस मात्र भएको दावी गर्नुभयो । उहाँले अहिलेको सरकारले धर्म सस्कृति रक्षा गर्नुको साटो धर्म सस्कृति प्रनि आक्रमण गरेको समेत बताउनुभयो ।

c2

दाङ क्षेत्र नं ३ ९ख०का पार्टी सभापती खिमबहादुर वलिको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला,केन्द्रिय सदस्य एवं पुर्वमन्त्री दिपक गिरी,केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य महिला नेतृ सिला खड्क ,राष्ट्रिय सभा सदस्य अनि देवकोटा, प्रनितिधि सभाका लेखा समिति सभापती भरतबहादुर शाह, पूर्ब सांसद गेहेन्द्र गिरी, जिल्ला सभापति किर्तिबहादुर खड्का लगाएतले चुनावी सभामा सम्बोधन गर्नुभएको थियो ।

c1

श्री गाउँमा भएको चुनावी सभा कार्यक्रममा नेकपा लगाएत विभिन्न पार्टी परित्याग गरि करिब ५ सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण केपाली कांग्रेस जिल्ला सचिव शंकर डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*