Home / Feature Breaking news / पश्चिम तराईमा थारु समुदायले यसरी मनाए ‘दश्या’

पश्चिम तराईमा थारु समुदायले यसरी मनाए ‘दश्या’

दाङ  दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायले दशैं अर्थात ‘दश्या’ मनाएका छन् ।

थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बार्दिया, कैलाली र कञ्चनपुरमा दशैंको नवौंदिन यो समुदायले हर्षोउल्लासका साथ दशैं मनाएका हुन् ।

दशमीको दिनमा टीका लगाउने भए पनि थारु समुदायले आफ्नै मौलिक संस्कृति र धार्मिक अनुष्ठा अनुसार नवौं दिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् । थारु समुदायले आजको दिनलाई आफ्नो पुर्खाको सम्झना र पितृको श्रद्धा गर्ने पर्वका रुपमा मनाउने थारु समुदायका मतवा रामप्रसाद चौधरीले बताए ।

उनका अनुसार हिन्दूधर्मलाम्बी झै घटस्थापनाको दिनदेखि थारु समुदायमा पनि घर-घरमा मकैको जमरा राखेर दशैं सुरु हुन्छ । मकैको जमरा राखेर थारु समुदायामा दशैं भित्रिन्छ । त्यसपछि ‘दश्‍या’ शुरु हुन्छ । नवमीको दिन सेतो टीका र जमरा लगाउने प्रचलन छ।

नवमीको दिन गाउँलेहरू मतवाको घरमा पुगेर सामूहिक रुपमा टीका र जमरा लगाउने गद्छन् । ‘मतवाको हातबाट गाउँहरुले दिउँसोदेखि टीका लगाउन शुरु हुन्छ र साझसम्म चल्छ’ उनले भने, ‘गाउँमा सामूहिक रुपमा टीका लगाएर ‘दश्‍या’ अर्थात दशैं मनाइन्छ ।’

मतवा चौधरीका अनुसार पुरुषहरुले मतवाबाट र महिलाहरुले मतौनी (मतवाकी श्रीमती)को हातबाट टीका लगाउँछन् ।

थारु समुदायले दशैंमा सखिया नाँच नाच्छन् । दशैंसम्म नाँचिने यो नाँच गाउँको मतहवाको घरमा थारु समुदायका महिलाहरुले उल्लाहासक पूर्वक नाँच्छन् ।

दशैं सकिएको केहीदिन लगतै सखिया नाँच समापन गरिन्छ। त्यस्तै दशैंमा टीका लगाउँदै बार्की मार गीत गाइन्छ ।

नवमीको दिन टीका लगाउँदै पूरुषहरुले गाउँने गीत हो यो । थारु भाषा गाइने बार्कीमार गीत हिन्दूग्रन्थ महाभारतमा आधारित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*