Home / Feature Breaking news / संबिधानकाे रक्षा गर्ने दलहरु बिच सहकार्य: रेखा शर्मा

संबिधानकाे रक्षा गर्ने दलहरु बिच सहकार्य: रेखा शर्मा

दाङ। प्रतिनिधीसभा सदस्य दाङ क्षेत्र नं.२ का उम्मेदवार रेखा शर्माले संबिधानकाे रक्षा गर्ने दलहरु बिच सहकार्य भएको बताउनु भएको छ । संयुक्त प्रचार प्रसार समितिले घाेराही ४ सुनपुरमा आयाेजना गरिएको कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै यस्ताे बताउनु भएको हाे । पुर्वमन्त्री शर्माले याे चुनाव सामान्य नभएको बताउदै यसपालिको चुनाव अग्रगमन र प्रतिगमन विरुद्धको लडाइँ भएको धारणा राख्नुभयाे। आफु महिला उम्मेदवार समेत भएको बताउदै पिछडिएका बर्ग समुदायकाे अधिकार कार्यान्वयनका लागि भुमिका खेल्ने भनाइ राख्नु भयाे ।

त्यस अबसरमा दाङ २ (क) का उम्मेदवार राजु खनालले नागरिकको अधिकार संरक्षण गर्न सत्ता साझेदार दलहरु बिच गठबन्धन भएको औल्याउनु भयाे । खनालले राप्रपाका कमल थापा सुर्य चिन्ह लिएर चुनाव लड्दै गर्दा एमालेका ईमान्दार कार्यकर्ता पछि परेकाे धारणा व्यक्त गर्नुभयाे । बिगतमा आफुहरु जनतामाझ परिक्षण भएको उल्लेख गर्दै अब हुने मंसिर ४ मा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्नुभयाे ।

त्यसअबसरमा बाेल्ने कार्यकर्ताले याे दल त्याे दलमा भाेट हाल्दैन भन्न नहुने बिचार व्यक्त गरेका गरेका थिए । उम्मेदवारले चुनाव जिते पनि नजिते पनि गाउँमा बिकास निर्माणकाे काम अनिवार्य गर्नु पर्ने धारणा राखेका थिए । सुनपुर गाउँमा खानेपानी बिद्यालय ,सडक, खानेपानीकाे समस्या हल गर्न आग्रह गरेका थिए । घाेराही सिमेन्टको कारण पुरै गाउँ प्रदुशित भएको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेकाे बताएका थिए ।कार्यकर्ता भेला संयुक्त प्रचार प्रसार समितिका संयाेजक नारायण जि.एम.अध्यक्षता सम्पन्न भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*