Home / Feature Breaking news / विभिन्न पार्टि परित्याग गरि दर्जन बढि कांग्रेसमा प्रवेश

विभिन्न पार्टि परित्याग गरि दर्जन बढि कांग्रेसमा प्रवेश

दाङ, १७ कार्तिक । घोराही उपमहानगरपालिका १३ बगालेमा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि व्यक्तीहरू नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई संविधानसभा सदस्य एवम् प्रदेशसभा दाङ क्षेत्र नं २ (क) का गठबन्धनका साझा उम्मेदवार राजु खनालले स्वागत गरेका हुन । उनीहरुलाई टीका रमाला लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै खनालले यो निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए । ्उनले नेपाली काङ्ग्रेस सदैब शान्ति, लोेकतन्त्र र समृद्धिको पक्षमा भएकाले जनताको साथ भइरहेने धारणा व्यक्त गरे ।
यसरी पार्टी प्रवेश गर्नेहरूमा सुनिता रोका क्षेत्री, चमेली घर्ति, कुमारी घर्ति, जमकली पुन बिष्णु बबहादुर राणु मगर, सिता रागु मगर
इमा कुमारी घर्ति मगर, कमला घर्ति, अनिता घर्ति, डम्बर बहादुर ठेडी घर्ति, लेखराज रोका, रेवा घर्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*