Home / Feature Breaking news / हापुरे बजारको बिकास गर्न गाउपालिका तयार छ : अध्यक्ष पौडेल

हापुरे बजारको बिकास गर्न गाउपालिका तयार छ : अध्यक्ष पौडेल

हापुरे, १८ पुस । बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले हापुरे बजारको बिकासका लागि तयात रहेको बताएका छन् । बबई चेम्बर अफ कमर्शको प्रथम बार्षिक साधारणसभा तथा सदस्यता बितरण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

हापुरे बजारको सडक बिस्तार, सडक पेटि निर्माण, बिद्युतका पोलको ब्यबस्थापन र फोहरलाई ब्यबस्थापन गर्न तयार रहेको अध्यक्ष पौडेलले जानकारी दिएका हुन । बजारको ब्यबस्थापनका लागि केही प्रयास गरेको चर्चा गर्दै त्यसको अगुवाइ गर्न चेम्बरलाई आग्रह गरे ।

कार्यक्रममा दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महरा, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, बबई गाउपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बरबहादुर शिरीष मगर, नेकपा बबईका अध्यक्ष जितबहादुर वली, नेपाली काङ्ग्रेसका बबई सभापती बलबहादुर बुढाले बबई बजारलाई व्यवस्थीत रुप्मा विकास गर्न पहल गर्नपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष युबराज कडेल अध्यक्षतामा भएको साधारणसभामा सदस्यहरुलाई सदस्यता बितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष कडेलले प्रगती प्रतिबेदन र कोषाध्यक्ष सन्तबिर बिसीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साधारणसभाको सहजीकरण महासचिब भिम भुषालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*