Home / Feature Breaking news / राष्ट्रिय बक्सिङमा दाङकी सुशीलालाई दोश्रो स्थान

राष्ट्रिय बक्सिङमा दाङकी सुशीलालाई दोश्रो स्थान

दाङ,२६ माघ । विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा प्रदेश न. ५ दाङकी खेलाडी सुशीला थापा दोश्रो स्थान लिन सफल भएकी छिन । ४८ केजी तौल समूह अन्तर्गतको शुक्रवार काठमाण्डौमा भएको फाइनल खेलमा नेपाल पुलिसकी दिवाना शेर्मासँग प्रतिष्पर्धा गरेकी थिइन ।

७ प्रदेशसहित ३ विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र पुलिसका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा दाङकी थापा दोश्रो स्थान लिन सफल भएको प्रशिक्षक हरिबहादुर सुनारले जानकारी दिए । थापाले घोराहीमा रहेको अल्फा स्पोर्ट टे«निङ सेन्टरकी खेलाडी हुन । दोश्रो स्थान लिएकी थापाले नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन ।

त्यस्तै पुरुष ८१ केजी तौल समुहको खेलमा केशर खत्रीले फाइनलमा प्रवेश गरेका छन । सेमिफाइनल खेलमा प्रदेश न. ४ का खेलाडीका सुशन पुनलाई सेमिफाइनलमा पराजित गर्दै प्रदेश न ५ को नेतृत्व गरेका केशरले फाईनलमा पुगेका हुन ।

त्यस्तै गणेश थापा तेश्रो स्थान लिन सफल भएका छन । उनले नगद सात हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिता बिर गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको थियो । त्यस्तै ६० केजी तौल समूहमा रुपन्देहीक संगीता दंगाल तेश्रो स्थान लिन सफल भएकी छिन ।

उनले पनि नगद सात हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन । प्रदेशको टिम कोचको रुपमा राजु थापा, हरिबहादुर सुनार, गोपाल श्रेष्ठ रहेका थिए । प्रतियोगितामा १२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । जसमा महिला ४ र पुरुष ८ जना खेलाडीहरु सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*