Home / Feature Breaking news / दाङमा च्याउ खाएर २ जना मृत्यु, ५ विरामी

दाङमा च्याउ खाएर २ जना मृत्यु, ५ विरामी

दाङ,३२ असार । च्याँउ खादा घोराही उपमहानगरपालिका १९ पाँच पोखरीमा बालिकासहित २ जनाको मृत्यु भएको छ भने ५ जना विरामी भएका छन् । पाँच पोखरीका मिनराज घर्तीकी ५ वर्षीय छोरी प्रशसा घर्ती र स्थानीय २२ वर्षीय लाराराम घर्तीको मृत्यु भएको हो । दुवैजनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

बालिका घर्तीको असार २९ र बालारामको असार ३१ गते मृत्यु भएको स्थानीय भुपबहादुर घर्तीले बताए ।
असार २६ गते साझ जगलवाट ल्याएको च्याउ दुइवटा परिवारले खाएका थिए । च्याउ खाएर विरामी भएका अन्य मिनराज घर्ती, धमकली घर्ती, चित्रबहादुर घर्ती, गोमा घर्ती र यसुरा घर्तीको मेडिकल कलेज कोहलपुरमा उपचार भैराखेको छ । चित्रबहादुरको अवस्था गम्भिर छ भन्ने अन्यको अवस्था सुधारोन्मुख अवस्थामा छ ।

च्याउँ खाएर विरामी भएपछि उनिहरुलाई उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याइएको थियो । तर प्रारम्भिक उपचार गरेपछि थप उपचारको लागि असार २७ गते कोहलपुर रिफर गरिएको थियो । यसैविच वडा अध्यक्ष हर्क बहादुर घर्तीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले च्याउँ खादा सचेत रहन समेत वडावासीलाई आग्रह गरेका छन् । ‘

जगल च्याँउ विषालु भएकोले त्यो नखान सवैलाई सचेत बन्न आग्रह गर्छु’ उनले भने । विरामीको अवस्था बुझन अध्यक्ष घर्ती सहितको टोली कोहलपुर अस्पताल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*