Home / Feature Breaking news / घोराही खानेपानीको निर्वाचनः यस्तो छ प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुको प्रोफाईल

घोराही खानेपानीको निर्वाचनः यस्तो छ प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुको प्रोफाईल

दाङ, २५ माघ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था घोराहीको नयाँ नेतृत्वकालागी प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा रहेको छ । देवीबहादुर डिसीको नेतृत्वमा प्रजातान्त्रिक प्यानल चुनावी मैदानमा छ ।

‘पानीको मुहान संरक्षण र स्रोत वृद्धि आजको आवश्यकता, उपभोक्ताहरुलाई चौबिसै घण्टा पानी खुवाउने हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको प्रजातान्त्रिक प्यानलले देविबहादुर डिसी अध्यक्ष हुँदा गरेका महत्वपूर्ण कामदेखी आगामी दिनमा गर्ने भावी योजनाकासाथ खानेपानीका उपभोक्ता आफ्ना मतदाताहरुलाई भेट्न घरदैलोमा रहेका छन् ।

यो प्यानलले विजयी भएपछि आगामी दिनमा गर्ने कार्यको प्रतिवद्धतामा उपभोक्ताहरुलाई सहज र सहर रुपमा २४ सैँ घण्टा कसरी पानी खुवाउने भन्ने विषयलाई उल्लेख गरिएको छ । जसमा स्रोत वृद्धिकालागी मुहान् संरक्षणको काम गर्ने। क्टुवाखोलामा हाईड्याम निर्माण गर्ने र समवेल निर्माण गरि प्रति सेकेन्ड ३० लिटर पानी ल्याई वितरण गर्ने, बबई लिफ्टीङ योजना सम्पन्न गरि उपभोत्ताहरुलाई चौविसैँ घण्टा पानी वितरण गर्न घटीमा प्रति सेकेण्ड ५० लिटर पानी ल्याउनेगरि २ वर्षभित्रमा योजना सम्पन्न गरि पानी विरतण गर्ने, ईसेवामार्फत कार्यालयको क्षमता वृद्धि गर्ने, संस्थाको कमाण्ड एरियाभित्र पर्ने फोरलेन सडकको दाँयाबाँया पाईपलाईन विस्तार गर्ने रहेका छन् ।

यस्तै टोल फ्रि नम्बरबाट उपभोक्ताहरुलाई थप सेवा प्रदान गर्ने, एक धारा एक वृक्षारोपण गर्ने कार्यको सुरुवात गर्ने, मुहान् संरक्षण र सरसफाईको योजनालाई प्राथमिकता दिने, सरोकारवालाहरुसँग सुमधुर सम्वन्ध बनाई समन्वयका साथ कार्य गर्ने र संस्था तथा उपभोक्ताहरुको वृहत्तर हितकोलागि व्यवसयिक कार्ययोजना तयार गरि थप कार्यक्रमहरु सञ्चालन गर्ने आदि रहेका छन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागि यही माघ २६ गते शनिवार घोराही उपमहानगरपालिकाको प्रांगणमा मतदान हुदैँछ । घोराही खानेपानी संस्थामा ५ हजार ८ सय ३२ मतदाता रहेका छन् ।

5000 pc

प्रजातान्त्रिक प्यानलको अध्यक्षमा देविबहादुर डिसी, उपाध्यक्षमा भरतमणी पाण्डे, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा धुव्र केसी, सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरुमा यशोदादेवी पाण्डे, खुमा खड्का थापा मगर र लक्ष्मीसिंह ठकुरी रहेका छन् ।

प्रजातान्त्रिक प्यानलका उमेद्वारहरुको प्रोफाईल यस्तो छः

अध्यक्षः देवीबहादुर डि.सी

जन्मीएका डागीको वुवाको नाम स्व.टेकबहादुर डाँगी आमाको नाम स्व. लीलावति डाँगी हो । बि.ए, बि.एल अध्ययन गरेको डिसी लामो समयदेखी सामाजिक क्षेत्रमा कार्यरत छन् । उनले विद्यालयमा शिक्षक हुनेदेखी विभिन्न सामाजिक कार्यमा सहभागी छन् ।

२०२३ सालमा बाहुनडाँडा विद्यालयमा २ वर्ष प्रधानाध्यापक भएर अध्यापन गरेका थिए भने २०२८ देखी २०३२ सालसम्म बराहक्षेत्र मावि सेवार बनगाँउमा प्रधानाध्यापक भएर निशुल्क अध्यपान गराएका थिए ।

उनी २०३५ सालदेखी २०४१ सालसम्म कानुन व्यवसायीको रुपमा कार्यरत भए । त्यो समयमा वकिलको क्षेत्रमा लोकप्रीय बनेका डिसी देवी वकिल भनेर परिचित थिए । वकिल उनको पेशा भएपनि उनको नामसँगै जोडिएर आउथ्यो । अझै पनि धेरैले उनलाई देवी वकिलको नामले चिन्दछन् ।

२०४१ देखी २०४९ सालसम्म प्रहरीको रासनको ठेकेदार बनेर उनले काम गरे । यस्तै २०४९ देखी २०५९ सालसम्म उनी यस क्षेत्रको पुरानो यातायात व्यवसायी समिति राप्ती अञ्चल सार्वजनिक यातायात बस व्यवसायी समितिको अध्यक्ष भएर जिम्मेवारी पुरा गरे भने उनी केन्द्रिय सदस्यसम्म पनि नेतृत्व गर्न पुगे । उनलाई यातायात क्षेत्रको पनि राम्रो अनुभव रहेको छ ।

२०५४ सालबाट उनी घोराही खानेपानीमा आवद्ध भए । २०५४ सालदेखी २०६० सालसम्म उनी यस घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य भएर काम गरे ।

त्यसपछी २०६० देखी २०७५ सालसम्म अर्थात हालसम्म घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष रहेका छन् । उनले यस संस्थामा ५ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । हाल उनी छैठौँ पटक अध्यक्ष हुने दौडमा रहेका छन् ।

डिसी बागेश्वरी डाँगी बन्धु ट्रष्टको आजिवन सदस्य तथा केन्द्रिय सल्लाहकार, नेपाल परिवानर नियोजन संघको आजिवन सदस्य, नेपाल रेडक्रश सोशाईटीको आजिवन सदस्य, पाण्डवेश्वर मन्दिर धारापानीको आजिवन सदस्य र लक्ष्मी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रहनुभएको छ । जुन अध्यक्ष भएको दोस्रो कार्यकाल हो ।

खानेपानीका विशेष जानकारी भएका देविबहादुर उपभोक्तामाझ लोकप्रीय छन् । खानेपानी उपभोक्ताहरुको समस्या समाधानदेखी नयाँ योजनामा विशेष दक्षता भएका उनी हरेक उपभोक्ताको घरघरमा पुगेर समस्याबारे जानकारी लिने र समाधानकालागी पहल गर्ने गर्दछन् । उनी छैठौँ कार्यकालकालागि पनि विजयी हुने उपभोक्ताहरुको अनुमान रहेको छ ।

भरतमणी पाण्डेः उपाध्यक्ष

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षकालागी प्रजातान्त्रिक प्यानलका उमेद्वार हुन्ः भरतमणी पाण्डे ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोल निवासी पाण्डे सामाजिक व्यक्तीको रुपमा छवि बनाएका व्यक्ती हुन् ।

सडक डिभिजन कार्यालयमा ल्याब असिस्टेन्टको जागिरबाट रिटायर्ड भएका पाण्डे राष्ट्रसेवक कर्मचारी हुदाँदेखी नै लोकप्रीय व्यक्ती हुन् । उनी २०७२ ािलमा अन्तराष्ट्रिय साक्षरता दिवश एवं शिक्षा दिवशको अवसरमा शिक्षाप्रेमीको रुमिा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएका थिए ।

यस्तै कर्मचारी मिलन केन्द्र घोराहीले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीको रुपमा पनि सम्मान गरिसकेको छ । मानव अधिकार संगठनको सदस्य, नेपाल परिवार नियोजनको सदस्य हुन् ।

शान्ति सुधा माविको अधिभावक समितिको पूर्व अध्यक्ष भएर जिम्मेवारी पुरा गरेका पाण्डे घोराही खानेपानी समितिको दुई कार्यकाल सदस्य र हालको सल्लाहकार छन् । उनी समितिको उपाध्यक्ष भएर खानेपानीको व्यवस्थापन र विस्तारकालागि लागिपर्ने उद्धेश्यकासाथ चुनावी मैदानमा रहेका छन् ।

सुमन शर्माः सचिव

सुमन शर्मा घोराही उपमहानगरपालिका वडा नम्बर १५ ईन्द्रेणी टोल निवासी हुन् । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सचिव भएर एक कार्यकाल सफलतापूर्वक जिम्मेवारी पुरा गरेका शर्मा फेरि अर्को कार्यकालकालागी चुनावी मैदानमा रहेका छन् । एक कार्यकाल रहदा सुरु गरेका कामलाई पूर्णता दिनकालागी उनी सचिवमा पुनः दोहोरिन खोजेका छन् ।

विभिन्न संघसंस्थामा रहेर लामो समय सामाजिक क्षेत्रमा विताएका शर्मा गैर सरकारी संस्था जिल्ला समन्वय समितिको पूर्वअध्यक्ष, त्रिभुवन नगर जेसिजको पूर्व सदस्य, तेरौटे वृद्धाश्रमको आजिवन सदस्य, सामुदायिक वातावरण संस्था दाङको महासचिव, दाङ देउखुरी होटल व्यवसायी समिति दाङको पूर्व महासचिव, पाण्डवेश्वर महादेव मन्दिर धारापानीको आजिवन सदस्य रहेर काम गरिसकेका छन् । उनी एक कार्यकाल सचिव भएर काम गरिसकेकाले पनि उपभोक्तामाझ परिचित एवं लोकप्रीय छन् ।

धुव्र के.सीः कोषाध्यक्ष

घोराही खानेपानीको आगामी नयाँ नेतृत्वमा कोषाध्यक्ष पदका उमेद्वार हुन्ः धुव्र केसी । घोराही उपमहानगरपालिका १५ आनन्दपुर टोलका केसी युवा व्यवसायी हुन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कोषाध्यक्ष भएर एक कार्यकाल सफल रुपमा पुरा गरेका केसी फेरिपनि कोषाध्यक्ष पदकोलागी चुनावी मैदानमा रहेका छन् । केसी १० वर्षदेखी घोराही खानेपानीसँग आवद्ध छन् ।

उनी ३ कार्यकाल यस संस्थाको कार्यसमितिमा रहेर काम गरिसकेका छन् । २०६६ मा कार्यसमिति सदस्य, २०६९ मा सल्लाहकार र २०७२ देखी २०७५ सम्म कोषाध्यक्ष रहेर उनले काम गरेका छन् । उनी कार्यसमितिमा रहदा नमूना कामहरु प्नि गरेका छन् ।

आर्थिक व्यवस्थापनदेखी कार्यालय व्यवस्थापनमा एवं नयाँ योजना सञ्चालनकालागि उनको महत्वपूर्ण भूमीका रहेको छ । उनी कोषाध्यक्ष भएके समयमा पुरानो १ करोड ३५ लाख ऋण चुक्ता गरिएको छ भने नयाँ आयोजना गुलरिया खानेपानी आयोजना सम्पन्न भएको ।

आर्थिक आयव्ययलाई उनले चुस्तदुरुस्त बनाएका छन् । कार्यालयको व्यवस्थापनमा ध्यान दिदै उपभोक्ताहरुलाई शुल्क तिर्न सहज, कार्यालय परिसरमा मर्मत, पार्किङ व्यवस्थापन उनको कार्यकालमा भएको छ ।

केसी लायन्स क्लबको सदस्य, त्रिभुवन नगर जेजिसमा रहेर काम गरिसकेका छन् । फ्रेन्स हार्डवेयर सञ्चालक रहेका केसी हार्डवेयर व्यवसायी समितिको सल्लाहकार छन् भने बराहक्षेत्र मन्दिर गुरलियाको ६ वर्षसम्म अध्यक्ष भएर काम गरिसकेका छन् ।

मिलनसार केसी सबैमाझ लोकप्रीय छन् । खानेपानी समस्या समाधानकालागी २४ सैँ घण्टा उपभोक्ताहरुमाझ प्रस्तुत हुने केसी यसपटकको निर्वाचनमा विजयी हुनेमा ढुक्क रहेको बताउछन् । उनले घोराही खानेपानी संस्थामा अझैँ धेरै काम गर्न बाँकी रहेकाले ती कामलाई अब पूर्णता दिने बताए ।

धर्मेन्द्र श्रेष्ठः सदस्य
युवाहमाझ लोकप्रीय एक व्यक्ती हुन्ः धर्मेन्द्र श्रेष्ठ । घोराही उपमहानगरपालिका १४ निवासी श्रेष्ठ घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदकालागी चुनावी मैदानमा रहेका छन् ।

यस संस्थामा एक कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका श्रेष्ठ विभिन्न सामाजिक संघसंस्थामा रहेर लामो समय काम गरिसकेका छन् ।

उनीसँग त्रिभुवन नगर जेसिजको सन् २०१४ को अध्यक्ष भएर काम गरेको अनुभव छ । श्रेष्ठ राप्ती साहित्य परिषद्को आजिवन सदस्य, लायन्स क्लब घोराहीको उपाध्यक्ष, लियो क्लब अफ घोराहीको संस्थापक प्रथम उपाध्यक्ष भएर काम गरेको अनुभव छ ।

मेडिकल सञ्चालक श्रेष्ठ घोराही खानेपानीको सदस्य रहदा पनि महत्वपूर्ण काम गरेका थिए । उनी संस्थाको विकास र उपभोक्ताहरुको समस्याप्रति जिम्मेवार भएर प्रस्तुत भएको उपभोक्ताहरुको भनाई छ । यो निर्वाचनमा विजयी हुनेमा उनी विश्वस्त छन् ।

नारायणप्रसाद भण्डारीः सदस्य

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदका अकाए उमेद्वार हुन्ः नारायणप्रसाद भण्डारी । घोराही उपमहानगरपालिका वडा नम्बर १५ सुपर टोल निवासी भण्डारी माघ २६ गते हुने घोराही खानेपानीको कार्यसमितिमा सदस्य पदकालागी चुनावी मैदानमा छन् ।

वडा नागरिक मञ्च घोराही उपमहानगरपालिका वडा नम्बर १५ को संयोजक भएर काम गरिसकेका भण्डारी लामो समय शिक्षण पेशामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत भएपछि उनी सामाजिक कार्यमा रहेका छन् ।

मावि श्रीवारी, हमेन्द्र मावि तापा, प्रावि फाँटामा उनले लामो समय अध्यापन गरे । यस्तै मावि श्रीवारी काभ्रेको विद्यालय व्यवस्थापन समितिको सदस्य र प्रावि तापाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको अनुभव पनि उनीसँग छ ।

यस्तै विभिन्न विकास निर्माणका काममा उपाभोक्ता समितिको अध्यक्ष भएर काम गरेका भण्डारी खानेपानीको क्षेत्रमा केही गर्नकालागि सदस्य पदमा उमेद्वारी दिएको बताउछन् ।

यशोदादेवी पाण्डेः सदस्य

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मिलिजुली टोलकी यशोदादेवी पाण्डे समाजको अगुवा व्यक्ती हुन् । विभिन्न महिला समूह एवं वन समूहको नेतृत्व गरेकी पाण्डे शनिवार हुने घोराही खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सदस्य पदमा चुनावी मैदानमा रहेकी छिन् ।

एकता महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको अध्यक्ष भएर लामो समय काम गरेको अनुभव भएकी पाण्डे सदस्य पदकालागी उमेद्वार रहेकी छिन् ।

पशु कार्यकर्ता रहेकी पाण्डे जिल्ला सहकारी संघको सञ्चालन समितिको सदस्य, सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष १५ वर्षसम्म भएर काम गरेकी पाण्डे महिला संघको क्षेत्रीय सचिव पनि हुन् ।

उनी खानेपानीको बृहत्तर विकासकालागी र खानेपानीको क्षेत्रमा महिला सहभागिताकालागी सदस्यमा उमेद्वारी दिएको बताउछिन् ।

लक्ष्मी सिंह ठकुरीः सदस्य

घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी लक्ष्मीसिंह ठकुरी पनि घोराही खानेपानी संस्थाको सदस्य पदको उमेद्वार हुन् ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्यकालागि उनले उमेद्वारी दिएकी छन् । आनन्द टोलको अध्यक्ष भएर टोल सुधारको काममा नेतृत्व गरिरहेकी ठकुरी राप्ती महिला वन समूहको अध्यक्ष, स्वर्गद्धारी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष, बहुउद्धेश्य पशुपति सामुदायिक वन उपभोक्ता समूहको स्थापना मिति २०५२ सालदेखी हालसम्म अध्यक्ष भएर काम गरेको अनुभव छ ।

महिला समूहहरुमा नेतृत्वदायी भूमीका खेलेकी सिंह यो निर्वाचनमा विजयी भएर खानेपानी संस्थामा महिला सहभागिता बढाउने उद्धेश्यकासाथ लागिपरेको बताउछिन् ।

खुमा खड्का थापा मगरः सदस्य

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सदस्य पदको अर्की उमेद्वार हुन्ः खुमा खड्का । घोराही उपमहानगरपालिका वडा नम्बर १५ पर्वत टोल निवासी खड्का टोलको अध्यक्ष हुन् ।

पूर्व प्रहरी हवल्दार समेत रहेकी खुमा प्रहरी सेवाबाट निवृत्त भएपछि सामाजिक क्षेत्रमा क्रियाशील छिन् । प्रहरी हुँदा उनी महिला तथा बालबालिका सेवा केन्द्रमा रहेर काम गरेकी खड्का प्रहरी हुँदादेखी नै सबैको सुःखदुखमा साथ दिने व्यक्तीको रुपमा परिचित छिन् ।

उनी मानवअधिकारको क्षेत्रमा पनि क्रियाशील छिन् भने महिलाको क्षेत्रमा पनि नेतृत्वदायी भूमीकामा रहेकी छिन् । जेष्ठ नागरिक संघको वडा नम्बर १५ को सदस्य भएर काम गरेकी खड्का घोराही खानेपानीमा सदस्य भएर खानेपानी विस्तार र उपभोक्ताहरुको समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*