Home / Feature Breaking news / दाङलाई संवृद्ध र प्रादेशिक राजधानी बनाउन काँग्रेसलाई मत दिनुहोस्ः किर्तीबहादुर खड्का

दाङलाई संवृद्ध र प्रादेशिक राजधानी बनाउन काँग्रेसलाई मत दिनुहोस्ः किर्तीबहादुर खड्का

आगामी मंसीर २१ गते हुने निर्वाचनको लागी प्रचार प्रसार सुरु भएको छ । सवै दलहरुले यो प्रचार प्रसारलाई तिव्रता दिरहेकाछन् । २०७० सालमा ५ वटै निर्वाचन क्षेत्र जितेको नेपाली काँग्रेसलाई अहिले त्यो वर्चस्व कायम राख्नु परेको छ भने वामपन्थि गठवन्धन आफ्नो पकड स्थापीत गर्न चुनावी मैदानमा छ । यसै सेरोफेरो मा नेपाली काँग्रेस दाङका सभापति एवं निर्वाचन परीचालन कमिटीका संयोजक किर्तिबहादुर खड्का संग पत्रकार वालाराम खड्काले गरेको निर्वाचनसम्वन्धी संक्षप्ती कुराकानी

१ ं निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको तयारी तिव्ररुपले अगाडि बढेको छ । निर्वाचन प्रचार प्रसारका लागि मुल कमिटि गठनका साथै विभिन्न समिति गठन गरी चुनावी अभियानमा लागेका छौं । सवै संघ संगठन युवा महिलाहरुलाई परिचालन गरेका छौं । वडा वडामा प्रचार प्रसार समिति गठन गरी चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छौं ।

२. एजेण्डाहरु के छन ?
नेपाली काँग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टीहो लोकतन्त्र मानअधिकार, आर्थिक समृद्धि, सभ्य भयमुक्त समाज, राष्ट्र र दाङको जिल्लाको विकाश हाम्रो एजेण्डाहो जिल्लाको वृहत विकाश, आर्थिक संवृद्धि र दाङलाई संघीय राजधानी बनाउने हो । लोकतन्त्रको फराकिलो मार्गलाई अवलम्वन गरी यस क्षेत्रको सर्वाङ्गीण विकाश र दाङलाई प्रान्तीय राजधानी बनाउन एव युवा रोजगारी सुनिश्चिततालगायतका एजेण्डाहरु हाम्रा छन् ।

३. दाङमा काँग्रेसलाईनै जनताले मतकिन दिने ?

हेर्नुहोस यो चुनाव अन्य चुनाव जस्तो हैन् अहिले प्रजातन्त्र र राष्ट्रियताको सवालको कुरा छ । अहिले कम्युनिष्टहरुले अधिनायकवादी गठवन्धन गरेका छन् । विश्वले लोकतन्त्र चाहिरहेको अवस्थामा यहां चुनावी तालमेलकालागी गरिएको कम्युनिष्ठ गठवन्धनको स्वार्थ आम नेपालीहरुले बुझिसकेका छन् ।

समृद्धिकालागी सहकार्य हुनपर्छ भन्ने हाम्रो मान्यता हो, तर हामीहरु सत्ताकालागी गठवन्धन गर्न चाहेका छैनौ । नेपाली जनता लोकतन्त्रको रक्षागर्न जान्दछन, त्यसैले उनीहरुले अधिनायकवादी गठवन्धनका पक्षमा मतदान गर्ने छैनन् । उनीहरुको मत लोकतन्त्रका पक्षमा हुने छ । त्यसैले पनि लोकतन्त्रको पक्षमा रहेको नेपाली कांग्रेसले अत्यधिक वहुमतले सवै क्षेत्रमा निर्वाचन जित्ने छ । अव मुलुक लोकतन्त्रको पक्षमा प्रवेश गरीसकेको अवस्थामा अधिनायकवाद कुनैपनि स्वाभिमानी नेपालीहरुलाइ स्वीकार्य हुने छैन ।

अहिले देश संघियतामा गएको छ । नेपालको लोकतन्त्र, मानवअधिकार र जनप्रतिनिधिमुलक शासन पटक पटक दक्षिणपन्थी अतिवाद र वामपन्थी उग्रताको आक्रमण र जोखिममा पर्दै आएको छ । नेपाली काँग्रेसले नै यस्ता उग्र दक्षिणपन्थी र उग्रबामपन्थी अतिवादका विरुद्ध नेपाली जनतालाई संगठित गदै लोकतन्त्र, मानवअधिकार, आर्थिक समृद्धि सभ्य र भयमुक्त समाजको वलियो आधारशिला खडा गरेको छ ।

नयाँ संविधानले संघीय, समावेशी लोकतान्त्रिक गणतन्त्रत्मक नेपाललाई दृढताका साथ संस्थागत गरेपछि नेपाल राष्ट्रिय पुर्नजागरणको नयाँ युग प्रवेश गरेको छ ।

अवको राष्ट्रिय एजेण्डा देश र जनताको आर्थिक समृद्धिमा केन्दि हुनपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो । त्यसैले देश र दाङको संवृद्धि र एक दलिय शासन अत्य, लोकतन्त्रको रक्षा र दाङको विकाशका लागि जनताले काँग्रेसलाईनै मत दिने छन् । काँग्रेसको नेतृत्वमै नेपालमा उत्कृष्ट संविधान निर्माण भएको हो । अव स्थायी शान्ती, विकाश र संविधान कार्यान्वयनका लागि पनि काँग्रेसलाई जनताले जिताउने छन् ।

४. दाङ २०६४ वाहेक काँग्रेसले सधै जितेको जिल्ला हो । विपक्षीले भने जस्तै काँग्रेसले दाङमा विकास नै नगरेको हो त ?

यो महत्व पुर्णकुरा तपाईले उठाउनु भयो । हरेक परिवर्तन देखि विकाश काँग्रेसले गरेको छ । दाङकै सवालमा तपाईले देख्न सक्नु हुन्छ कति विकाश भएका छन् ।

काँग्रेस जनताको पार्टीहो । काँग्रेसलेनै यो देशको विकाश र निकास दिन सक्छ सवै राष्ट्रिय अन्तराष्ट्रिलाई मिलायर लैजाने गरेको छ । तर कुरा यतिमात्र हो काँग्रेसले विकाश गर्छ तर प्रचार गदैन् । यो जनताले वुझने कुराहो काँग्रेसले काम धेरै गर्छ तर प्रचार थोरै गर्ने पार्टीहो । अन्य दलहरु जस्तो लोकप्रियताका लागि जेपनि भन्ने र जे पनि बोल्ने पार्टी होइन र त्यो काँग्रेसले गर्दापनि गदैन । पछिल्लो समयमा काँग्रेसलेनै विभिन्न वाटो, पुलपुलेसा र सिँचाई शिक्षा स्वास्थ्य लगायत सवै क्षेत्रको को विकाश गरेको छ ।

५.अन्तमा के भन्नु हुन्छ दाङवासीलाई ?

यो निर्वाचन एकतन्त्रीय सासन व्यवस्था लागु गर्ने वा लोकतन्त्रलाई बलियो बनाउने भन्ने हो । अहिले विभिन्न वहानामा जनतालाई झुकाउने र झुटा नाराहरु लगायर एकदलिय शासन लादनेहरु र प्रजातन्त्रबादीहरु विचको चुनाव हो ।

राष्ट्रीयता प्रजातन्त्रलाई जोगाउनका लागी काँग्रेसलाई विजय गराउन म सवैलाई अनुरोध गर्दछु । दाङमा हामीहरु एक भयर काँग्रेसका उम्मेदवारहरुलाई विजय गराउन लागेका छौं । अव कुनै पनि तागत र कुनैपनि झुटा आश्वासनले काँग्रेसलाई रोक्न सक्दैन । हामीहरु चुनाव जित्छौं ।

नेपालको राजनिति लोकतन्त्र, सहमति र सहकार्यको फराकिलो मर्म र भावनामा आधारित रही अवको राष्ट्रिय एजेण्डा देश विकाशको हुनु पर्छ ।

दाङलाई प्रादेशिक राजधानीको रुपमा विकाश गर्न र दाङलाई संवृद्ध गराउन काँग्रेसलाई अत्याधिक मतले विजय गराउन सम्पूर्ण जिल्ला वासीहरुलाई अनुरोध गर्दछु । र गाउँ गाउँमा काँग्रेसको जनलहर श्रृजनागर्न पनि आहान गर्न चाहन्छु । धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*