Home / Feature Breaking news / यामाहा मोटरसाईकल खरिदमा ३२ ईन्जको टिभी

यामाहा मोटरसाईकल खरिदमा ३२ ईन्जको टिभी

दाङ, २९ माघ । नेपालका लागि यामाहा टू–ह्वीलर्सको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा सलुटोका ग्राहकहरुका लागि आकर्षक योजना अघि सारेको छ । घोराहीको आधिकारीक विक्रेता श्रेष्ठ अटो मोबाईल्सले पत्रकार सम्मेलन गर्दै योजनाको बारेमा जानकारी दिएको छ ।

यो योजना अन्तर्गत यामाहा सलुटो र यामाहा एसजेड आरआर भी २।० को खरिद गर्ने ग्राहकले भिडियोकनको ३२ इन्च एलइडि टिभी पाउनेछन् । ‘दाम्पत्य जीवनको शुरुवात, यामाहा स्यालुटोको साथ’ शिर्षक राखिएको यस योजनाले विवाहको मौसममा नवविवाहित दम्पत्तिहरु र भर्खरै सम्बन्धमा जोडिएको परिवारहरुमाझ थप खुशी र हर्ष ल्याउने अपेक्षा गरेको श्रेष्ठ अटो मोबाईल्सका शोरुम ईन्चार्ज लक्की सल्मानीले बताउनुभयो ।

यामाहा प्याटेन्टेन १२५ सीसीको ब्लुकोर इन्जिनजडित यामाहा स्यालुटो उच्च कोटीको पर्फर्मेन्स, उत्कृष्ट माइलेज र विश्वसनीयताका कारण ग्राहकमाझ लोकप्रिय छ । यो योजना माघ ५ गतेदेखि फागुनको अन्तिमसम्म रहेको यामाहाको डिलर श्रेष्ठ अटो मोबाईल्सका प्रोप्राईटर दिपक श्रेष्ठले बताउनुभयो ।

साथै उहाँले स्कुटरहरु शून्य ब्याजदरको वित्तिय व्यवस्थामा विक्रि वितरण गर्दै आएको पनि बनाउनुभयो । धेरै भन्दा धेरै ब्यक्तिहरुसँग स्कुटर होस भन्ने उदेश्यले सञ्चालन गरिएको स्किममा ४० प्रतिशत मुल्य बुझाउनुपर्ने र तीन हजार रुपैया शोरुमको तर्फबाट छुट रहेको समेत शोरुम ईन्चार्ज लक्की सल्मानीले बताउनुभयो । यो स्मिक माघ १९ बाट सुरु भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*