Home / Feature Breaking news / खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने

खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने

खुल्ला नक आउटमा लखन कप प्रतियोगीता हुने
घोराही, १९ माघ । प्रथप सहिद क्याप्टेन लखन थापा मगर रनिङ शिल्ड खुल्ला नक आउट प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म घोराहीको नवलपुर खेल मैदान हुने भएको हो ।

प्रतियोगीतामा सहभागी हुने टीमले माघ २४ गतेसम्म दर्ता गर्ने समय तोकीएको खेल संयोजक प्रेमबहादुर बुढा मगरले जानकारी दिनुभएको छ । प्रतियोगीताका बारेमा आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर आयोजक नेपाल मगर संघ दाङले जानकारी गराएको छ ।

प्रतियोगीतामा दाङ जिल्लाका खेलाडीसंगै प्रदेश नम्बर ५ का जिल्लामा रहेका थप दुई खेलाडी समेत अनुबन्ध गर्न पाउने ब्यबस्था मिलाइएको छ । प्रतियोगीतामा प्रथम हुने टीमले एक लाख ११ हजार एक सय ११ नगद रुपैया, शिल्ड तथा मेडल एवं प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै दोस्रो हुने टीमले ५५ हजार पाँच सय ५५ रुपैया नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी सेमीफाइनल पुग्ने पाँच÷पाँच हजार नगद प्राप्त गर्ने आयोजक नेपाल मगर संघ दाङले जनाएको छ ।

युएनबिसीलाई कारबाही फुकुवा
यसैबीच नेपाल मगर संघका अध्यक्ष खलुप्रसाद पुन मगरले युएनबिसी क्लबलाई कारबाही फुकवा गरिएको जानकारी दिनुभएको छ । आइतबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष पुनले यस्तो जानकारी दिनुभएको छ ।

गतबर्ष नेपाल मगर संघले युएनबिसी क्लबलाई एक बर्षे कारबाही गरेको थियो । युएनबिसीले औपचारिक रुपमा लिखित माफी मागेपछि संघले कारबाही फुकवा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*