Home / Feature Breaking news / पत्रकार पौडेलमाथि हातपात गर्ने दुई जना पक्राउ

पत्रकार पौडेलमाथि हातपात गर्ने दुई जना पक्राउ

दाङ, १९ माघ । नेपाल पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोकर्ण पौडेलमाथि हातपात भएको छ ।
पौडेलमाथि कुटपिट गर्ने बबई गाउँपालिका वडा नं. ५ हापुरे निवासी मोहन भण्डारी र सागर सुनारीलाई प्रहरीले आइतवार विहान पक्राउ गरेको छ । उनीहरुले पत्रकार पौडेलमाथि शनिवार हापुरे बजारमा कुटपीट गरेका थिए ।

रेडियो हापुरेबाट निस्केर कोठामा जाँदै्र गर्दा अनाहकमा एक्कासी आएर उनीहरुले आफुमाथि कुटपीट गरेको पौडेलले बताएका छन् । पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले आइतवार संयुक्त बक्तव्य प्रकासित गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरितका घटनाप्रति घोर निन्दा प्रकट गर्ने उल्लेख गरेका छन् । उनीहरुले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन् । पौडेल गोरखापत्र दैनिकमा दाङ रिपोर्टरका रुपमा काम गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*