Home / Feature Breaking news / रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ

रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ

घोराही, ६ साउन

रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैया निर्वाचित हुनुभएको छ । क्लबको बर्ष २०२३÷०२४ कालागी मजगैयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मजगैयाँले शनिवार पदभार ग्रहण गर्नुभएको हो । क्लबले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गराएको छ ।

निवर्तमान अध्यक्ष ओविन्द्रबहादुर महराले नवनिर्वाचित अध्यक्ष मजगैयालाई पद हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष मजगैयाँ दाङ जिल्ला क्रिकेट संघको अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्ष, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रको कार्यकारी निर्देशक लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

क्लबको नयाँ कार्यसमितिको प्रस्ताविक आगामी अध्यक्ष प्रदीप सुवेदी, मनोनित अध्यक्ष रोशन दाहाल, उपाध्यक्ष मस्कुर अहमद, सचिव भरतराज देवकोटा, कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा, सजेन्ट ईनाम रजिव उल्लाह खान, क्लब ट्रेनर डा.चेतनारायण पाण्डे, सहसचिव युवराज पन्त, सर्भिस डाईरेक्टर गजेन्द्र बर्मा, सदस्य डाईरेक्टर बसन्तराज अधिकारी, पब्लीक ईमेज डाईरेक्टर कमल रेग्मी, सर्भिस डाईरेक्टर रामप्रसाद पोख्रेल, फाउन्डेशन डाईरेक्टर ई. जिवन आचार्य, क्लब मेन्टर पदम कुमार के.सी र मिडिया कोर्डिनेटरमा आर.के.शीतल रहनुभएको छ ।

रोटरी क्लब अफ घोराहीमा बर्ष २०२२÷०२३ का अध्यक्ष ओविन्द्र महराको अध्यक्षता एवं रोटरी क्लब अफ नेपालका असाईन एसिस्टेन गभर्नर बिमल रिजालको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासकालागी रोटरी क्लबले महत्वपूर्ण भूमीका निर्वाह गरेको बताएका थिए ।

क्लबको मुल्य र मान्यता अनुसार काम गर्न नयाँ कार्यसमितिलाई सल्लाह दिदै सहभागीहरुले विशेष गरि ग्रामीण क्षेत्रका युवाहरुको क्षमता विकासका कार्यक्रम लिएर उनीहरुलाई व्यवसायीकता जोड्नकालागी काम गर्न पनि अनुरोध गरेका थिए । कार्यक्रममा क्ल्बका एसिस्टे गभर्नर डा. चेतनारायण पाण्डेय लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ नेपालका असाईन एसिस्टेन गभर्नर बिमल रिजालले नवनिर्वाचित अध्यक्ष मजयौगालाई सपथ गराउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष मजगैयाँले कार्यसमितिका पदाधिकारीहरुलाई सपथ गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष प्रदीप मजगैयाँले मानविय विकास र वातावरण संरक्षणको क्षेत्रमा रोटरी क्लबले अबको एक बर्ष काम गर्ने गरि योजना बनाएर अगाडी बढेको बताउनुभयो । उहाँले युवाहरुको क्षमता विकाससँगै समग्र समाजको विकासकालागी काम गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक रोशन दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव भरतराज देवकोटाले गर्नुभएको थियो ।

रोटरी क्लबले घोराहीका तीन स्थानमा वृक्षारोपन गर्ने

रोटरी क्लब अफ दाङले आईतवार घोराहीमा वृक्षरोपन कार्यक्रम गर्ने भएको छ । क्लबले विभिन्न संघसंस्थासँगको सहकार्यमा घोराहीको तीन स्थानमा वृक्षरोपन गर्ने भएको हो । आईतवार विहान साढे ७ बजेदेखी रणसिंह दल गण भरतपुर, गुलरिया क्रिकेट मैदान र सिद्ध रत्न नाथ मठ चौघेरामा वृक्षारोपन गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । साथै उहाँले वृक्षारोपन कार्यक्रममा सहभागी हुन सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*