Home / Feature Breaking news / कांंग्रेस दाङद्धारा मुस्लिम समुदायको पर्व इदको शुभकामना

कांंग्रेस दाङद्धारा मुस्लिम समुदायको पर्व इदको शुभकामना

दाङ १२, जेठ । नेपाली काग्रेस दाङले मुस्लिम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा शुभकामना दिएको छ । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले एक विज्ञप्ति जारी गरी मुस्लिम समुदायको ठूलो पर्व इदका अवसरमा शुभकामना दिएका हुन ।

उनले समाजमा हरेक धर्माबलम्बीहरुका बीचमा समान अस्तित्व स्थापना हुन जरुरी रहेको बताएका छन । सबै धर्म र समुदायका बीचमा आपसी सदभाव, भाइचारा कायम रहेमा मात्रै मुलुकमा लोकतन्त्र बलियो बन्ने उनले विश्वास व्यक्त गरेका छन ।

विद्यमान परिस्थितमा विश्व जगत कोभिड – १९ को महामारीसंग जुधिरहेको हुँदा परिस्थितिलाई मध्यनजर गर्दै इद मनाउन सभापति खड्काले मुस्लिम समुदायलाई आग्रह पनि गरेका छन् । घरमै बसेर, दुरी कायम गरि पर्व मनाउँदा कोरोना भाइरसको जोखिमबाट जोगिन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*