Home / Feature Breaking news / ‘मंसीर ४ को निर्वाचन अग्रगमण र पश्चगमण बिचको निर्वाचन हो’– गठबन्धन

‘मंसीर ४ को निर्वाचन अग्रगमण र पश्चगमण बिचको निर्वाचन हो’– गठबन्धन

घोराही, २६ कार्तिक

दाङ निर्वाचन क्षेत्र नम्बर २ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले मंसिर ४ गते हुन लागेको निर्वाचन आवधिक निर्वाचन मात्र नभएर अग्रगमण र पश्चगमण बिचको निर्वाचन भएको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र भित्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले निर्वाचनका बेला झुठको प्रचार गर्नेहरुबाट सजग रहेर राष्ट्र र नागरिकलाई समृद्धीको यात्रामा लैजानेलाई मतदान गर्न आग्रह गरेका हुन् ।

तुलसिपुर उपमहानगपालिका वडा नम्बर १७ को हेमन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार रेखा शर्माले निर्वाचन पदिय हैसियतले नभई एजेण्डाले जितिने भन्दै आफू ठोस एजेण्डा लिएर मतदाताको बिचमा आएको बताउनु भयो । उहाँले अहिलेको निर्वाचन अग्रगमण र पश्चगमण रोज्ने निर्वाचन भएकाले आफू र देशको समृद्धिलाई हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले कुनै एक व्यक्ति विशेषको पहलमा लुम्बििन प्रदेशको राजधानी दाङ घोषणा नभएको भन्दै एक पटक घोषणा भैसकेको राजधानी कतै सार्न नदिइने बताउनु भयो । प्रदेश सभा २ (२) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले विकास र राष्ट्रको समृद्धिका लागी मतदान गर्न आग्रह गर्नुभयो । न्यौपानेले मतदान गर्न अघि उम्मेदवारको बारेमा बुझ्न आग्रह गर्दै यस पटकको मतदान मजदुर, बेरोजगार युवा, कृषक लगायतको पक्षमा हुनुपर्ने बताउनु भयो ।

विद्यार्थी राजनिति देखी नै आफू अधिकारको लडाइमा लागेको भन्दै प्रचण्ड विक्रम न्यौपानेले अधिकारको लडाई अहिले पनि जारी रहेको बताउनु भयो । प्रदेश निर्वाचन क्षेत्र २ (१) का उम्मेदवार राजु खनाल पनि आज दिनभर मतदातासँगको भेटघाटमा व्यस्त रहनु भएको छ ।

उहाँलाई मतदाताले समयमै मल विउ उपलब्ध हुने व्यवस्था गर्न माग गरेका थिए । निर्वाचित भएर गएपछि पाँच वर्ष सम्म आफूहरुले भेटनै नसक्ने उम्मेदवारलाई विजयी गराउने भूल अब आफूहरुबाट नहुने घोराही क्षेत्रका मतदाताको भनाई थियो ।

जवाफमा उम्मेदवार खनालले विगतमा पनि आफू निर्वाचित भए पछि विकासका धेरै काम गरेको भन्दै आफू नागरिकको समस्या समाधानमा सधै तत्पर रहने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*