Home / Feature Breaking news / गठबन्धनका उमेद्वारहरुलाई टोल–टोलमा मतदाताको भव्य स्वागत

गठबन्धनका उमेद्वारहरुलाई टोल–टोलमा मतदाताको भव्य स्वागत

घोराही, २५ कार्तिक

मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनकालागी चुनावी माहाृल तातेको छ । चुनावी प्रचारप्रसारकालागी उमेद्वारहरु र राजनितिक दलहरु चुनावी कार्यक्रममा व्यस्त छन् ।

प्रदेश सभा सदस्यकालागी निर्वाचन क्षेत्र नम्बर २, २ (१) र २ (२) का उमेद्वारहरु चुनावी अभियानमा व्यस्त छन् । उनीहरु चुनावी सभा र मतदाता भेटघाटमा व्यस्त छन् । उनीहरु चुनावी कार्यक्रममा गाँउ गाँउ तथा टोलमा पुग्दा मतदाातहरुले गठबन्धनका उमेद्वारहरुलाई उत्साहकासाथ स्वागत गर्ने गरेका छन् ।

क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य पदका उमेद्वार रेखा शर्मा, २ (१) का उमेद्वार राजु खनाल, २ (२) का उमेद्वार प्रचण्डविक्रम न्यौपाने चुनावी अभियानमा व्यस्त छन् ।

उनहिरुलाई मतदाताहरुले टीका, माला, खादाले भव्य स्वागत गरेका छन् । उनीहरुले गठबन्धनका उमेद्वारहरुलाई बिजयीको शुभकामना दिदै बिजयी भएसँगै मतदाताहरुको समस्या समाधानकालागी लाग्न सुझाव दिने गरेका छन् ।

संविधान रक्षाकालागी र देशको समृद्धिकोलागी काम गर्न सक्ने गठबन्धन भएकाले मत दिने मतदाताहरुले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*