दाङ, १५ असाेज
सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारदेखि खुलेको छ।
नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार आवेदन दर्ता ५ नोभेम्बर २०१९ मा बन्द हुनेछ।
आवेदन भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ।
आवेदकले फारम भर्दा आफ्नो पासपोर्ट नम्बर, पासपोर्ट सकिने म्याद र इमेल अनिवार्य राख्नु पर्नेछ।
कुनै पनि व्यक्तिले एक पटकमात्रै आवेदन भर्न पाइने छ।
अनलाइनबाट नै भर्ने हुँदा कुनै पनि शुल्क लाग्ने छैन।
फारम भरिसकेपछि प्राप्त गरिएको कन्फरमेसन नम्बरलाई आवेदकले सुरक्षित राख्नु पर्ने छ।
आवेदनमा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।
फारम भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ, अघिल्लो वर्षको डिभी फारममा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरे अयोग्य ठहरिनेछ।
सन् २०२१ मा अमेरिकाले संसारभरिबाट ५५ हजार जनालाई डिभीबाट अमेरिका लैजाने बताएको छ।
RaptiSandesh RaptiSandesh