Home / Feature Breaking news / मतदातासंग भेटघाटमा व्यस्त प्रदेश सभा सदस्यका उमेद्वार राजु खनाल

मतदातासंग भेटघाटमा व्यस्त प्रदेश सभा सदस्यका उमेद्वार राजु खनाल

दाङ, २६ कार्तिक ।

दाङ क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनाल मतदाता भेटघाटमा व्यवस्त रहेका छन् । उनी घरदैलो तथा भेटघाटलाइ निरन्तरता दिइ रहेका छन् ।

भेटघाटका क्रममा मतदाताहरुले आफना क्षेत्रमा रहेका समस्याका वारेमा जानकारी गराएका थिए । उनीहरुले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य समस्याका वारेमा जानकारी गराएका हुन ।

समस्याका वारेमा जानकारी लिदै खनालले आफु समस्या समाधान गर्न लागि पर्ने बताएका थिए । आफुहरु विजयी भएर गएर पिछडिएको क्षेत्रलाई प्राथमिक्ता दिएर काम गर्ने समेत उनले बताए ।

‘हामी यस क्षेत्रको समस्याका बारेमा जानकार छौ त्यसको समस्याको समाधान गर्न लागि पर्ने छौ’ उनले भने । हिजो पनि जनता संगै रहेको र आउदा दिनमा पनि संगै रहने उनको भनाइ रहेको छ । यस क्षेत्रको विकासमा विगतका वर्षहरुमा पनि काम गरेको भन्दै आउदा दिनमा पनि निरन्तरता दिने उनले बताए ।

‘केही काम भएका छन केही बाँकी छ वाँकी रहेका कामहरु पुरा गर्न हामी लागि पर्ने छौ’ उनले भने । आफुहरु सधै जनताको साथमा रहेको समेत उनले बताए ।

त्यसैले जनताले पनि आफुहरुलाई साथ दिने उनको भनाइ रहेको थियो । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*