Home / समाचार / चौतारी लघुवित्तद्धारा सदस्यको कर्जा मिनाहा

चौतारी लघुवित्तद्धारा सदस्यको कर्जा मिनाहा

घोराही, १७ भदौ

चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड गोग्ली दाङ शाखाले आफ्ना सदस्यको निधनपश्चात ऋण कर्जा मिनाहा गरेको छ । लिमिटेडबाट प्रवद्धित केन्द्र नम्बर ४ का सदस्य घोराही उपमहानगरपालिका– ४ गोग्लीका ऋण सदस्य स्वर्गीय सरु कुमालले संस्थाबाट लिएको ऋण मिनाहा गरेको हो ।

a

संस्थाले आज शनिवार कुमालकै घरमा पुगेर एक कार्यक्रमकाबिच कुमालको कर्जा मिनाहा गरेको हो । कार्यक्रममा कर्जा मिनाहा पत्र मृतक सरु कुमालका श्रीमान रामबहादुर कुमाललाई संस्थाका सञ्चालक समिति अध्यक्ष जगतबहादुर पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढुण्डीराज सार्कीले प्रदान गर्नुभएको थियो ।

संस्थाको कर्जा सुरक्षण शुल्क परिचालन कार्यविधी २०७२ नियमावलीअनुसार सुनारले संस्थाबाट लिएको ६० हजार रुपैया मिनाहा गरेको संस्थाका शीवा भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक जगतबहादुर पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ढुण्डीराज सार्की, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष आर.के.शीतल, संस्थाका केन्द्र नम्बर १ का प्रमुख मोतीकुमारी पाण्डे, केन्द्र नम्बर १ का प्रमुख सीता पाण्डेयले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण दाङ शाखा प्रवन्धक रामप्रसाद लामीछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*