Home / Feature Breaking news / लुम्बिनीमा बढ्दै डेंगु संक्रमण, ३ जनाको मृत्यु

लुम्बिनीमा बढ्दै डेंगु संक्रमण, ३ जनाको मृत्यु

दाङ, ७ असोज

पछिल्लो समय डेंगुको बिरामीहरु लुम्बीनी प्रदेशमा बढ्दै गएको छ । लुम्बिनी प्रदेशमा हालसम्म डेंगुबाट ३ जनाको मृत्यु भएको छ । दाङ, पाल्पा र बर्दियाका एक÷एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

दाङको घोराही उपमहानगरपालिका १४ का ४० बर्षिया महिला, पाल्पाको रिब्दिकोट गाँउपालिका १ का ५८ बर्षिय पुरुष र बर्दियाको ८६ बर्षिया बृद्धको मृत्यु भए्को निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार हाल लुम्बिनी प्रदेशमा २ हजार ७ सय दुई जनामा डेंगु संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*