Home / समाचार / आर्थिक पारदर्शीता र नेतृत्वमा सफल व्यवसायी जगत आचार्य

आर्थिक पारदर्शीता र नेतृत्वमा सफल व्यवसायी जगत आचार्य

घोराही, १० असोज

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरु निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । जसमध्य कोषाध्यक्ष पदका उमेद्वार जगत आचार्य पनि निर्वाचन प्रचारप्रसारमा रहेका छन् ।

लामो समयदेखी व्यवसायिक क्षेत्रमा क्रियाशील रहेका आचार्य असोज १३ गते हुने निर्वाचनमा कोषाध्यक्ष पदकालागी उम्मेद्वार बनेका छन् ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ दाङ यूनिटको संस्थापक कोषाध्यक्ष भएर कार्यानुभव लिएका आचार्य राप्ती अञ्चल लिकर्स एसोसियसनको सदस्य हुँदै अध्यक्ष भएर काम गरिसकेका छन् ।

सदस्य हुदै लिकर्स एशोसियसनको अध्यक्ष भएर काम गरेको अनुभव र आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका आचार्य २०७७ मा भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमितिमा चयन भएका थिए ।

सदस्य हुँदा व्यवसायक हकहित र स.स्थागत विकासकालागी लागीपरेका आचार्य आर्थिक व्यवस्थापन र आर्थिक रुपमा संस्थाको विकास गर्ने उद्धेश्यकासाथ कोषाध्यक्षको उमेद्वार बनेको बताउछन् ।

कुञ्जल फर्माका सञ्चालक एवं सेञ्चुरी सप्लायर्स सञ्चालन गरेर व्यवसायीमाझ लोकप्रीय आचार्य शिक्षा शास्त्रमा स्नातकोत्तर तह उतिर्ण र हेल्थ अस्टिेन्ट अध्ययन गरेका आचार्य मतदाताहरुले आफूलाई मत दिएर बिजयी बनाउनेमा ढुक्क भएको बताउछन् ।

‘हालसम्म व्यवसायीहरुमाझ व्यवसायिक हकहितकालागी काम गरेको भोगाई, विभिन्न संघसंस्थामा नेतृत्व गरेको अनुभव र सबैको सल्लाहमा म कोषाध्यक्ष पदको उमेद्वार भएको छु’ आचार्यले भने– ‘सबै उद्योगी व्यवसायी मतदाता ज्यूहरुलाई मत दिएर बिजयी बनाउन अनुरोध गर्दछु । विश्वास छ अवश्य पनि बिजयी बनाउनुहुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*