घोराही, १७ कार्तिक
्नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले निर्वाचनको समयमा पत्रकारहरुले निष्पक्ष भूमिका खेल्न पत्रकारहरुलाई अनुरोध गर्नुभएको छ ।
चुनावी समयमा राजनितीक द्धन्द्ध उत्पन्न नहोस् भनेर निर्वाचनलाई शान्तपूर्ण र मर्यादित बनाउनकालागि पत्रकारहरुले भूमीका खेल्नुपर्ने उहाँको भनाई छ । पोख्रेलले चुनावी गतिविधिलाई सचेत भएर अध्ययन गर्ने आवश्यक रहेको बताउनुभयो ।
‘निर्वाचनको समयमा संवेदनशिल र चनाखो हुन आवश्यक छ’ उहाँले भन्नुभयो– ‘द्धन्द्ध उत्पन्न नहुने गरी समाचार सम्प्रेषण गर्नु होस ।’ मिडिया मञ्च नेपालले घोराहीमा शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुलाई राजनितिक दलहरुलाई मानव अधिकार, प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध गराउन तर्फ लाग्न अनुरोध गर्नुभयो ।
पोख्रेलले राजनितीक दलहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण गराउन तर्फ लाग्न आग्रह गर्नुभयो । सामाजिक सद्भाव नबिग्रन दिनकालागि त्यसै अनुसार सञ्चार माध्यमहरु अगाडि बढ्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रम अध्यक्ष आजात खडकाको अध्यक्षतामा भएको थियो ।