Home / Feature Breaking news / प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ मा नौ जनाको उमेदवारी

प्रतिनिधिसभाका लागि क्षेत्र नं. २ मा नौ जनाको उमेदवारी

घोराही,१६ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा दलहरुले निकै उल्लासका साथ विहीवार मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस र वाम गठवन्धनमा आवद्ध दल र अन्य साना दलहरुले पनि नाच्दै गाउँदै झाँकी जुलुस सहित मनोनयन दर्ता गराउन गएका थिए ।
जस अन्तर्गत दाङ क्षेत्र नम्वर २ वाट प्रतिनिधिसभाका लागि नौ जनाको उमेद्धवारी परेको छ । जस अन्तर्गत बामगठन्धनवाट नेकपा माओवादी केन्द्रका नेता तथा उप्रधान तथा विनाविभागिय मन्त्री कृष्णबहादुर महराले उमेद्धवारी दर्ता गराएका छन । त्यस्तै क्षेत्र नम्वर २ वाटै प्रतिनिधिसभाका लागि नेपाली काग्रेसका युवा नेता राजु खनालले पनि उमेद्धवारी दर्ता गराएका छन ।

यसैगरी क्षेत्र नम्वर २ मै राष्ट्रिय जनमोर्चावाट गणेशप्रसाद आचार्य,नया शक्ति पार्टी गगन शाह,राष्ट्रिय जनमुक्ति पार्टीवाट ठाकुर रोका, संघीय खम्वुवान लोकतान्त्रीक पाटीवाट टेकमान बुढा,माले पाटीृवाट भोजबहादुर विक,मंगोलियन नेशनल अर्गनाईजेशन पार्टीवाट दिलमाया बुटा र स्वतन्त्र रुपमा बालाराम पौडेलले उमेद्धवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
त्यस्तै क्षेत्र नम्वर २ अन्तर्गत प्रदेश सभाका लागि (क)वाट दुई स्वतन्त्रसहित ११ र (ख)वाट एक स्वतन्त्र गरी नौ जनाको उमेद्धवारी रहेको रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*