Home / Feature Breaking news / खोला पारी मन्दिर, वारी दर्शनार्थी

खोला पारी मन्दिर, वारी दर्शनार्थी

आभास बुढाथोकी
दाङ, १ भदौ ।
दाङको धरापानी स्थीत पाण्डेश्वेर मन्दीरमा विश्वकै सबै भन्दा ठुलो त्रिशुल राखीएसंगै केहीँ वर्षयता मन्दीरमा पुजा गर्ने आउने दर्शनार्थीहरुको संख्या बढ्न थालेका छ । देशभित्रका मात्रै नभएर छिमेकी देश भारतबाट पनि आउने दर्शनार्थिहरुको आउन थालेका छन् । वर्षायमा शुरु भएसंगै बबै खोलमा आउने बाढी र खोलामा पुलसमेत नुहदा दर्शानार्थीहरुलाई खोलावारी देखि नै फर्किन बाध्य भएको छन् ।

हरेक वर्ष साउन महिनामा मनाईने बोलबम (शिवको पुजा) गर्ने विभिन्न जिल्ला र छिमेककी देश भारतबाट दाङका प्रसिद्ध धार्मिक एवं पर्यटक स्थल धारापानीमा रहेको पाण्डवेश्वर मन्दीरमा पुजा गर्ने गत वर्ष भन्दा थुप्रै दर्शानार्थीहरु आएका छन् । तर बबै खोलामा आएको बाढीले ती दर्शानार्थीहरु मन्दरी सम्म पुग्न पाएनन् ।

खोलामा आएको तेज वहावको पानीका कारण टाढाबाट परिवार सहित आएका झण्डै पाचँसय भन्दा बढी दर्शनार्थिहरुको खोलावारी ठुलो ओहिरो लागेको थियो । ती दर्शनार्थि मध्य केहीलेँ मात्र ज्यान नै जोखिमा हालेर खोला पार गरे । भारत देखि साना आफ्ना बालबच्चा र वृद्धवृद्धाहरु दर्शनार्थिहरु खोलामा पुल नुहदा मन्दरीसम्मपुगी पजा गर्ने नपाई खोलाको वारीबाटै नै फर्कर्न बाध्य भएको छन् ।

परिवारसंगै भग्वान शिवको पुजा गर्ने भनी आएका कपिलवस्तुका ७० वर्षीय धनकुमारी श्रेष्ठ यस वर्ष पुजा गर्ने मन्दरीसम्म पुग्न सक्नुभएन । उहाँ भग्वान शिवको लिङगमा जलसम्म चढाउन नपाएरै फर्किनुभयो । ‘खोलाको तरेर जाउँ भने बगाउला हल्ला भन्ने डर’–उहाँभन्नुहुन्छ–‘त्यसैले खोलावारी नै पुजा आजा गरेर फर्किए ।’

त्यस्तै घोराही उपमहानगरपालीका– १० का ४५ वर्षिय लिलबहादुर साकी भने जोखिम मोलेर खोला पार गरेर मन्दीरमा पुजा गरेर फर्किनुभयो । ‘पुजा गर्ने भनी वर्त बसेरै आएको । मन्दरी नै नगई कसरी फर्किने ?’–उहाँभन्नुहुन्छ–‘खोलमा आएको पानीको बहावले झण्डै बगाएन ।’ उहाँमात्रै हौइन धार्मिक आस्था र विश्वासका कारण ती दर्शनार्थिहरु ज्यानै जोखिममा मोलेर मन्दीर पुग्न बाध्य भएको छन् ।

दाङकै सबैभन्दा धार्मिक स्थलका एवं पर्यटकीय स्थलका रुपमा परिचती पाण्डवेश्र मन्दरी सम्म पुग्न बबै खोलामा पुल नुहदा वर्षामा आउने पुजा गर्ने आउने दर्शनार्थीहरुलाई निकै कष्टकर बन्दै गएको छ । लामो दुरी पार गर्दै आउने ती दशनाथि र पर्यटकहरु खोलामा आएको बाढीका कारण खोलावारीबाट नै फर्किन बाध्य छन् ।

त्यो त पाण्डवेश्वर मन्दरीका लागि भौतिक पुर्वधारकाम पनि नभएका होइन । दर्शनार्थी र पर्यटकहरुलाई मन्दरीसम्म पुग्न सजिलो होस् भनेरै अहिले घोराही–देखी वेरगैसम्म झण्डै ६–७ किलो मिटरको बाटो कालेपत्रे गरिएको छ । मन्दरी परीसर भित्रै पनि पार्किङ, पिक्नीक स्पोटहरु जस्ता थुप्रै निमार्ण गरिएको छ । त्यस्तै शान्ती र सुरक्षाका लागि प्रहरी चौकी पनि राखिएको छ । त्यसमा पनि लामो दुरी देखि आउने दर्शानार्थी र पर्यटकहरुक लागि केहीँ महिना अगाडी धर्मशाला पनि सञ्चालनमा ल्याईएको छ ।

खोलामा पुल नुहदा झण्डै २० प्रतिशत दर्शनार्थिहरु मात्र मन्दरीमा आउने गरेको मन्दीर व्यवस्थापन समितीका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिनुभयो ।

पुल निमार्ण कार्य शुरु हुदै
सडक डिभिजन कार्यलयल दाङले बबै खोलामा पुल निमार्णका लागि दिवा र एटी बिल्डर कम्पनीलाई जिम्मा दिएको छ । बबै खोलामा आएको वाढीका कारण निमार्ण शुरु गर्ने नसकीने हुदा, वर्षायाम लगतै निमार्ण कार्यशुरु हुने कार्यलयले जानकारी दिएको छ ।

उत्त पुल निमार्णका १३ करोड ३१ लाख ५५ हजारमा निमार्ण कम्पनीसंग सम्झौता भएको कार्यलयका सुचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । पुल निमार्ण शुरुभएसंगै ढाईवर्षसम्म निमार्ण कार्यसम्पन्न हुनेगरी सम्झौता भएको उहाँले बताउनुभयो । ‘निमार्ण कार्यमा कुनै अवरोध नआएर र ठेकेदाहरुबाट ढिलाइ भएन भन पुल निमार्ण कार्य ढाई वर्षसमै सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*