Home / समाचार / दाङमा घाइते चित्तलको उद्धार

दाङमा घाइते चित्तलको उद्धार

दाङ,११ बैशाख । डिभिजन वन कार्यालय दाङको टोलीले एउटा बन्यजन्तु चित्तलको जिवितै उद्धार गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ पतकौली स्थित घडेरीडाँडा सामुदायिक वन क्षेत्रबाट बिहिवार दिउँसो चित्तलको उद्धार गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन ।

नदी उकास क्षेत्रमा बृक्षरोपण गरी वन कायम भएपछि लकडाउनका समयमा गाउँनजिकै रहेको वनमा चर्न आएको चित्तललाई गाउँका युवाहरुले सिकार गर्ने क्रममा घाइते बनाएको अवस्थामा चित्तलको उद्धार गरिएको हो । स्थानीय दुई गाउँका युवाहरुले चार वटा कुकुरको प्रयोग गरेर चित्तललाई लखेटीलखेटी मार्न लागेको भन्ने सुराकी पाएपछि डिभिजन वन दाङका अधिकृत ज्ञवालीको नेतृत्वमा गएको टोलीले चित्तललाई उदार गरेको हो । उद्धार गरिएको चित्तललाई डिभिजन वन कार्यालय दाङको उद्धार कक्षमा राखि औषधी उपचार शुरु गरिएको छ । घटनामा संलग्न भएकाहरुको खोजी कार्य तिव्र पारिएको कार्यालयले जनाएको छ ।

लकडाउनको अवधिमा बिभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । यस अवधीमा ४ वटा टेक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*