Home / Feature Breaking news / कांग्रेस दाङद्धारा लोकतन्त्र दिवसको शुभकामना

कांग्रेस दाङद्धारा लोकतन्त्र दिवसको शुभकामना

दाङ,११ बैशाख । नेपाली कांग्रेस दाङले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै लोकतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना दिएका हुन । उनले शुभकामना दिदै लोकतन्त्र रक्षाको लागी सबै एक हुनु पर्ने अवस्था आएको बताएका छन ।

नेपाली जनताको ठुलो त्याग र बलिदानीले प्राप्त भएको लोकतन्त्रलाई बर्तमान सरकार राष्ट्रिय संकटको बेला संबिधान शंसोधन गरेर लोकतान्त्रिक अधिकार मास्न खोजेकाले लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने आवश्यकता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथे विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि जनताहरुलाई सचेत रहन आग्रह गर्दै कोरोना भाइरसको परिक्षण र लकडाउनका कारण अलपत्र मजदुरहरुलाई सहज रुपमा घरसम्म पु¥याउन सरकारसँग आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*