Home / भिडियो / ‘सीतको पानी’ बनेर तप्कीए सागर

‘सीतको पानी’ बनेर तप्कीए सागर

दाङ,१० पुस । नेपाली कला क्षेत्रका ‘उम्दा’ कलाकार सागर भण्डारी रंगमञ्चमा फेरी उदय भएका छन् । कलाकारीताको औपचारिकताबाट केहि समयको ‘गुमनाम’ । गायकीबाट कलाकारीता सुरु गरेका दाङका उनि यो अवधिमा टिकटक ‘ब्वाए’ बन्ने लयमा ब्यस्त बने ।

मुलतः फिल्मी संबादमा दुरुस्तै अभिनय सहित टिकटकमा छाएका सागरले यो सामाजिक सञ्जाललाई लाई ‘अभिनय स्कुल’ का रुपमा उपयोग गरे । उनि भन्छन् ‘टिकटक मेरा लागि अभिनय सिक्ने पाठशाला बन्यो ।’ बिस्तारै उनि यो अभिनयशालाबाट बाहिरिए । कारण उनि फेरी रंगमञ्चमा रंगिन पुगे । सागर शुक्रवार देखि ‘सीतको पानी’ बनेर दर्शक स्रोता सामु ‘तप्कीन’ आईपुगेका छन् ।

चर्चित लोकगायिका देबी घर्ती र राजु ढकालको आवाजमा रहेको सीतको पानी बोलको गीतमा सागरले मुख्य अभिनय निर्वाह गरेका छन् । मुलतः जीवन भोगाईको यथार्थपरक शब्द बुनिएको यो गीतमा सागरले आँफूलाई अब्बल कलाकर्मीको रुपमा प्रस्तुत गरेका छन् । शारिरीक रुपमा अशक्तको भुमिकामा देखिएका उनि यो पुजासामाग्री ब्यापारी बनेका छन् । ‘म यसरी गीतमा अभिनय गरेको पहिलो पटक हो, मलाई यो सीप टिकटकले नै दियो,’ उनले भने ‘मेरो गीती अभिनयलाई रेस्पोन्स राम्रै आईरहेको छ ।’

सागरलाई यो गीतमा नायिका छुल्ठिम डोल्माले साथ दिएकी छन् । देवेन्द्र बब्लुको निर्देशन रहेको यो गीतमा रमेश बिजीका शब्द रहेका छन् भने चेतन गोतामेको संगित रहेको छ । दाङ घोराहीका सागर राजनीतिक दलका नेताहरुको आवाज दुरुस्तै नक्कल गर्न सक्ने माहिर कलाकार हुन् । अभिनयसंगै उनले आँफूलाई गायकको रुपमा समेत कलाकारीता क्षेत्रमा उभ्याएका छन् । त्यसोत, उनको यो क्षेत्रमा प्रवेश गायकीबाटै भएको थियो । उनले सुरुमा ‘राप्ती झैँ बग्यो मायाँ’ बोलको गीतबाट गायन आरम्भ गरेका थिए ।

त्यसपछि उनले ‘मोज गरौँ जवानीमा’ बोलको अर्को गीतमा आवाज दिए । ‘गीतबाट साथीभाईहरुको राम्रै प्रतिकृया पाएँ, अनि यो क्षेत्र झनै प्रिय लाग्दै जान थाल्यो,’ उनि भन्छन् । झण्डै आधा दर्जन गीत गायकी पछि उनि कलाकारीता क्षेत्रमै अर्को पहिचान बनाउने योजनामा लागे ।

फलतः उनले ‘तिम्रो घरको आँगनीमा’ बोलको गीतबाट मोडलिङमा डेब्यु गरे । त्यसयता लामो समय पछि सीतको पानी बोलको गीत मार्फत आँफूलाई यो क्षेत्रमा सार्वजनिक गरेका छन् । यो गीत पछि लगत्तै अर्को हप्ता सम्म उनकै अभिनयमा रहेको ‘मलाई मायाँ गरन’बोलको अर्को गति पनि सार्वजनिक हुने तयारीमा रहेको उनि सुनाउँछन् । यो गीतमा पपस्टार कमल खत्री र मेलिना राईको आवाज छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*