Home / Feature Breaking news / कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त ११ वर्षपछि पक्राउ

कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त ११ वर्षपछि पक्राउ

दाङ,७ भदौ । दाङमा कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्तलाई ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.४ निवासी ३७ वर्षीय प्रकाश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेका नेपालीले सोहि ठाउँ निबासी डम्बर बुढाथोकीलाई सामान्य कुटपिट गरी हत्या गरेको अभियोगमा उच्च अदालत तुलसीपुर दाङबाट २०६७ असार २७ गते ८ बर्ष कैद सजाय तोकिएको थियो । फरार प्रतिवादीलाई गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.५ झ्याल्यामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले गत शुक्रवार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेपालीलाई सोमवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । अभियुक्त नेपालीलाई कारवार्ही कार्यान्वयनका लागि अदालत बुझाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*