Home / Feature Breaking news / नवीकरण शुल्क छुट दिइने उवासंघको निर्णय

नवीकरण शुल्क छुट दिइने उवासंघको निर्णय

दाङ, ६ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघले संघमा लामो समयदेखि नवीकरण नभएका उद्योगी तथा व्यवसायीहरूलाई नवीकरणमा छुट दिने भएको छ ।

संघको शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संघमा विभिन्न कारणले लामो समयसम्म नवीकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरूलाई ३ वर्षको नवीकरण लिएर नवीकरण गरिदिने भएको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । आउँदो पुस मसान्तसम्मका लागि यस प्रकारको छुट दिइने महासचिव बुढाथोकीले बताए । उनकाअनुसार यो निर्णयले उद्योगी तथा व्यवसायीहरूलाई सहजता समेत हुनेछ । बैठक संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

२ हजार ७ सय बढीलाई खोप

दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रसँगको समन्वयमा २ हजार ७ सय बढी उद्योगी व्यवसायीहरूलाई कोभिड विरूद्धको खोप लगाइसकेको जनाएको छ । हालसम्म २ हजार ७ सय बढीलाई कोभिड विरूद्धको खोप लगाइसकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

फ्रन्ट लाइनमा रहेका व्यवसायीहरूलाई प्राथमिकता दिएर खोप आवश्यकताको आधारमा लगाएको उनले बताए । व्यवसायीहरूलाई कोरोनाको खोप लगाउने अभियान जारी रहेको अध्यक्ष बुढाथोकीले बताए । ‘सबैको समन्वयमा सबै व्यवसायीहरूलाई कोरोनाको विरूद्धको खोप लगाइनेछ’ उनले भने ।

प्राथमिकताको आधारमा केही दिन ढिलो–चाँडो भए पनि सबैलाई खोप लगाइने संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । संघका सदस्यता भएका व्यवसायीहरूलाई प्राथमिकतामा राखेर सिफारिस गर्ने गरेको छ । खोप लगाउन बाँकी रहेका व्यवसायीहरूलाई संघमा सम्पर्क राख्न समेत संघले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*