Home / Feature Breaking news / दाङ-२ (१) मा नेपाली काङ्ग्रेसका राजु खनाल बिजय

दाङ-२ (१) मा नेपाली काङ्ग्रेसका राजु खनाल बिजय

दाङ, ७ मंसिर ।
दाङ- २ (१)मा नेपाली काङ्ग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार खनाले १५ हजार ६ सय १६ मत प्राप्त गरी बिजयी भएका हुन् ।

प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । खनालले रानालाई १ हजार १ सय ६७ मतले पराजित गरेर बिजयी भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गरेकी छन ।

बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४, १३, १४, १५, १७, १८, १९ पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेकाे थियाे ।
१ हजार ४ सय ८५ मत बदर भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*