Home / Feature Breaking news / मास्क उत्पादनमा व्यस्त हिंसापिडीत महिलाहरु

मास्क उत्पादनमा व्यस्त हिंसापिडीत महिलाहरु

घोराही, ४ असार

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भए । यो समयमा धेरैले रोजगारी गर्न नपाउदा समस्यामा परे तर सिलाई व्यवसायी दीपा बस्नेत भने अन्य दिनहरुभन्दा लकडाउनको समयमा बढि नै व्यस्त रहनुभयो ।

घोराही उपमहानगरपालिका १५ मा रहेको महिला स्वरोजगार तालिम केन्द्रमा कार्यरत बस्नेत लकडाउनको पहिलो एक हप्ता खाली नै बस्नुभयो । तर संस्थासँगको सल्लाहमा उद्योगमा कार्यरत महिलाहरुले कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सामाग्रीमध्य मास्मको उत्पादन गर्न सुरु गरेको बस्नेतले बताउनुभयो । महिलाहरुले कोरोना महामारीको समयमा अत्यावश्यक स्वास्थ्य सामाग्रीमध्य मास्मको उत्पादन गर्न सुरु गरेको बस्नेतको भनाई छ ।

‘लकडाउनको पहिलो एक हप्ता त घरमै खाली नै बस्यौ तर पछि यो महामारीको समयमा संस्थासँग सल्लाह गरेर मास्क सिलाउन सुरु गरेका हौँ’ उहाँले भन्नुभयो– ‘यो समयको राम्रोसँग सदुपयोग गर्न पाईयो । घरमै बसेर मास्कहरु उत्पादन गरिरहेका छौँ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले मास्कको बजार व्यवस्थापन गरिरहेको छ ।’

बालिका बिसी पनि लकडाउनको समयमा मास्क सिलाउनमै व्यस्त हुनुभयो । लकडाउन भएको नभएको कुनै असर नै परेन उहाँलाई । ‘लकडाउनको समयमा मास्क सिलाउनमै व्यस्त छु’ उहाँले भन्नुभयो – ‘लकडाउन भएको नभएको कुनै असर नै छैन मलाई । मास्क सिलाउने काम भईरहेको छ ।’ बालिका र दीपा जस्तै यस सिलाई तालिम केन्द्रमा कार्यरत हिंसापडिीत महिलाहरु लकडाउनमा मास्क उत्पादनमा व्यस्त हुनुहुन्छ ।

घोराही उपमहानगरपालिका १५ मा नेपाल महिला सामुदायिक सेवा केन्द्रद्धारा सञ्चालित र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडद्धारा पर्वद्धन गरिएको महिला स्वरोजगार तालिम केन्द्रमा कार्यरत हिंसापिडीत महिलाहरुले लाकडाउनमा घरमै बसेर स्वास्थ्य सामाग्रीहरु उत्पादन गरिरहेका छन् ।

दाङ लगायत लुम्बीनी प्रदेश र कर्णाली प्रदेशका जिल्लाहरुमा विपन्न परिवारहरुलाई वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो । लकडाउनको समयमा ५ जना हिंसापिडीत महिलाहरुले मास्क उत्पादन गरिरहेको र हालसम्म ६ हजार मास्क उत्पादन गरिसकेको गुप्तालले जानकारी दिनुभयो ।

उत्पादन गरेका मास्कहरु नेपाल महिला सामुदायिक सेवा केन्द्रले खरिद गरेर विपन्न परिवारहरुलाई सहयोग हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । १० हजार मास्क उत्पादन गर्ने योजनामा रहेको र सोही अनुसार मास्क उत्पादन भईरहेको गुप्ताले बताउनुभयो । यसका साथै हाल अमेरिकाबाट एक हजार सेनेटरी प्याड माग भएकाले उत्पादन भईरहेको पनि गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*