Home / Feature Breaking news / ट्राफिक सप्ताहः चालकसँग तीन मिनेट

ट्राफिक सप्ताहः चालकसँग तीन मिनेट

दाङ, १७ बैशाख

जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणकालागी सुरु भएको ट्राफिक सप्ताहको चौथो दिन चालकसँग ३ मिनेट कार्यक्रम मंगलवार जिल्लाभर सञ्चालन भएको छ ।

शनिवारदेखी सुरु गरेको ट्राफिक सप्ताह अन्तरगत  ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रमको चौथो दिन घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुर लगायत ट्राफिक प्रहरी युनिटहरुले चालकसँग तीन मिनेट कार्यक्रम गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शनिवार उद्घाटन गरिएको थियो ।

सोही कार्यक्रम अन्तरगत चालकहरुलाई सडकमै जम्मा गरेर तीन मिनेटसम्म सचेत बनाउने काम भएको छ । जस अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयले घोराही तुलसीपुर सडकखण्डको कपासीबगीयामा चालकसँग ३ मिनेट कार्यक्रम गरेको छ ।

जसमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसीले चालकहरुलाई चालकले पालना गर्नुपर्ने नियम र ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुभएको थियो ।

T t

सवारी चालकलाई साईड लाईटकको प्रयोग, ओभरटेक गर्ने तरिका, सिट बेल्डको प्रयोग, पैदल यात्रुकालागी चालकले ध्यान दिनुपर्ने कुरा, यात्रुहरुसँगको व्यवहार, गति सिमित लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा यात्रुबाहक सवारी साधनमा यात्रारत यात्रुहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराईएको थियो ।

ट्राफिक सप्ताह अन्तगरगत जिल्लाका हरेक स्थानमा हरेक दिन छुट्टाछुट्टै तर एकै विषयको ट्राफिक सचेतना कार्यक्रम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

ट्राफिक सप्ताह अन्तरगत वुधवार तीनपांग्रे सवारी साधनकालागी सचेतना कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*